Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक कालोपत्र शुरु

२०७६, २६ पुष शनिबार ०३:४८

पुष २६, बागलुङ | जिल्लाको बागलुङ नगरपालिका–६ सिमदेखि वडा नं ७ कालीमाटी पैराबारी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । बागलुङ नगरपालिकाभित्रका वडा कार्यालय जोड्ने सडक कालोपत्र गर्ने योजनाअनुसार गत वर्ष जिल्ला सदरमुकाम हुँदै सिम पुगेको कालोपत्र सडकलाई कालीमाटी जोड्न थालिएको हो । 

बागलुङ बजारदेखि कुडुँले, मालिका, पञ्चकोट हुँदै धम्जा देउराली पुग्ने क्षेत्रीय सडकलाई पालास्थित तितौरेमा जोड्ने गरी कालोपत्रको काम अगाडि बढाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । “तीन वर्षभित्र सबै वडा कार्यालयसम्म कालोपत्र सडक पुर्याउने लक्ष्यसाथ काम थालिएको छ, पक्की सडकपछि नगरबस सञ्चालन हुनेछ् ।” सिम कालीमाटी सडक कालोपत्र भएपछि नगरका १४ मध्ये सात वडा कार्यालयसम्म पक्की सडकको पहुँच पुग्नेछ । 

सिम–कालीमाटी सडकको अहिले १.५ किलोमिटर कालोपत्र, २०० मिटर सडक ढलान गर्न २०७६ जेठ ८ गते फेवा कन्ट्रक्शनले ठेक्का सम्झौता गरी स्तरोन्नति थालेको थियो । यही पुस मसान्तसम्म सडक निर्माण सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले बताउनुभयो । 

शर्माका अनुसार बागलुङ नगरपालिकाको रु एक करोड १८ लाख र गण्डकी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको समपुरक अनुदानको रु एक करोड गरी दुई करोड १८ लाखमा सडक स्तरोन्नति, पक्की नाली, पर्खाल, कल्र्भटलगायका संरचना बनाएर कालोपत्र थालिएको हो । आठ मिटर चौडा सडकमा पाँच मिटर कालोपत्र, १.२ मिटरको पक्की नाली रहनेगरी काम भइरहेको फेवा कन्ट्रक्शनका आधिकारिक प्रतिनिधि राजु पौडेलले बताउनुभयो । पक्की सडकको पहुँच पुर्याउन थालेपछि जिल्ला सदरमुकाम आवतजावत गर्न सहज हुने नगरपालिका–७ का वडाध्यक्ष खजराज पाण्डेयले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै