2026-09-13 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जन्मोत्सवमा हेल्प फर ह्याप्पीनेसकी सदस्य संगीताद्वारा असहायलाई खाद्यसामग्री सहयोग

माघ १३, धनगढी | समाजिक संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम आपतकालीन असहाय सहयोग कोषकी सदस्य संगीता कुवँरले असहाय तथा मानसिक रोगीहरुलाई खाद्यसामग्री सहयोग गरी जन्मोत्सव मनाएकी छिन् |

कैलालिको धनगढी स्थित दृष्टि फाउण्डेसनमा आश्रित असहाय एवंम् मनोरोगीहरुलाई सहयोगार्थ खाद्यान्न र दैनिक आवश्यकताका सामानहरु हस्तान्तरण गरिएको हो | खाद्य सामाग्रीहरु चामल, दाल ,सुजि ,चिउरा ,भुजा,नुन,तेल बिस्कुट,चिनी ,चियापत्ती  लगायतका समाग्री हस्तान्तरण गरिएको हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम आपतकालीन असहाय सहयोग संस्थाका सदस्य सुरेश अधिकारीले जानकारी दिए |

सोही अवसरमा संस्थाकी सदस्य स्वेता अग्रवालले आस्रितहरुलाई १३ थान न्यानो लुगा सहयोग गरेकी छन् | जन्मोत्सव कार्यक्रममा हेल्प फर ह्यप्पिनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी ,इमजेन्सी मेडिकल टिम,इमर्जेन्सी भेटेरेनरी र आपतकालीन असहाय सहयोग कोषका सदस्य  लगायतको उपस्थिति रहेको थियो |

कार्यक्रममा बोल्दै जन्म दिन परेकी कुवँरले, असहायसंग जन्म मनाउन पाउँदा र ह्याप्पिनेसको साथले एउटा अर्को परिवारको साथ पाएकोमा खुशी लागेको बताइन् | उक्त संस्थाका सदस्य  सुरेश अधिकारीले असहायलाई सहयोग गरि विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् |

कार्यक्रममा दृष्टिफाउण्डेसनका तर्फबाट बोल्दै व्यवस्थापक चन्द्रा तिरुवाले हेल्प फोर ह्याप्पीनेस टिमले निरन्तर साथ र सहयोग गरेकोप्रति धन्यावाद दिँदै अगामी दिनमा पनि सहयोग रहने अपेक्षा रहेको बताइन | हेल्प फर ह्याप्पिनेस सामाजिक क्षेत्रमा क्रियाशील युवाको समूह हो | समूह आवद्ध युवाले आपतमा परेकालाई सहयोग गर्दै आएका छन् | यसैगरी जन्मदिनको अवसरमा पनि असहायलाई सहयोग गर्दै आएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन