2026-07-25 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा ठेकदारको मनपरी:पिच सडकमा स्काइभेटर चलाउँदा सडक नै उप्कियो,सरोकारवाला बेखबर

सम्राट सिंह | माघ १५, बझाङ | जयपृथ्वी राजमार्ग अन्तर्गत बागथला देखि भोपुर सम्म निर्माण गरिएको पिच सडकमा स्काइभेटर चलाउँदा दिन प्रतिदिन सडक उप्किदै गएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा करिब ५० करोडको लागतमा निर्माण गरिएको सडकमा स्काइभेटर चलाउँदा  पिच उप्किएपछि सडक काम नलाग्ने भएको हो ।

साना शहरी खानेपानी निर्माणको जिम्मा पाएको ग्वाल्लेक निर्माण सेवाले पिच सडकमा स्काइभेटर चलाएर चैनपुर देखि भोपुरको सम्मको पिच काम नलाग्ने भएको छ । यो त एउटा उदाहरण मात्र हो यसरी ठेकेदारले पिच सडकमा स्काइभेटर चलाउँदा बागथला देखि चैनपुर सम्मको पिच ठाउँ ठाउँमा उप्किएर काम नलाग्ने भएको छ । 

सडक निर्माणको जिम्मा बागथला देखी झोता सम्म लुम्बीनी र लोहनी निमार्ण सेवा, झोता देखि तमैल सम्म कालिका र याक्थुहाङ्ग निमार्ण कम्पनी र तमैल देखी भोपुर सम्म लामा र गोल्डेन गुड निमार्ण कम्पनीले लिएका थिए ।पिच सडकमा स्काइभेटर चलाउँदा भण्डै ५ बर्ष अगाडि राज्यको ठूलो लगानीमा निर्माण गरिएको यस सडकको सिमखेत,भोपुर, रायलको देउरा, नारुगाड,कचालीखोला, मटेलाको बगडगांउ, तमेलको जालेबगर, लगायतका ठांउमा सडक उप्किसकेको छ । 

यसरी दिन दाहाडै मापदण्ड विपरित पिच सडकमा स्काइभेटर चलाउँदा सडक उप्किएको देख्दा समेत यसको नियन्त्रणमा सरोकारवालाहरु ध्यान जान सकेको छैन | जिल्लाको वागथला देखि भोपुर सम्मको पिच सडकमा ठेकेदारले अवैध रुपमा स्काइभेटर चलाउँदा सडकको पिच उप्किएर यातायातका साधनहरु चल्न नसक्ने अवस्था सिर्जना भएको समाजसेवी तथा शिक्षक हितराज जोशीले बताए । पिच सडकमा स्काइभेटर चलाउने जोसुकैलाई पनि काराबार्हिको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

सडक उप्किएर वर्खा र हिउंद याममा पानी परे पछि बाटो अवरुद्ध हुनु, औषधि र उपभोग्य सामानको अभाव हुने गरेको तथा उपचार गर्न जिल्ला बाहिर जान लागेका विरामी समयमै अस्पताल पुग्न नसकेर कतिपय बिरामीले ज्यान गुमाउनु परेको छ ।

पिच सडकमा स्काइभेटर चलाउँदा बिग्रएको सडकका कारण विभिन्न समस्या उत्पन्न हुने गरेको भए पनि पिच सडकमा चल्ने स्काइभेटर नियन्त्रण गर्न कसैले ध्यान नदिएको स्थानिय देवराज जोशीले बताए । पिच सडकमा स्काइभेटर चल्न नियन्त्रण गनुपर्ने ठाउँमा जिम्मेवार मान्छेहरु नै पिच सडकमा स्काइभेटर चलाउन सरिक देखिएको उनको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक