2026-09-13 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा ५ किलोमिटरको भाडा डेढ सय, जिम्मेवार निकाय बेखबर

माघ २३, दार्चुला | दार्चुलाको शैल्यशिखर  नगरपालिका–९, गोकुलेश्वरदेखि  शैल्यशिखर–१, बलाँचसम्मको कालोपत्रे सडकमा यातायात व्यवसायीले चर्को भाडा असुल्ने गरेका छन् | जिपले  गोकुलेश्वर–मार्मा  सडक  खण्डको गोकुलेदेखि पाँच किलोमिटर दूरीमा रहेको झरना,कर्कले,  पंसेरासम्मको ५० देखि  १५०रुपियाँसम्म गाडी भाडा माग्ने गरेको शैल्यशिखर नगरपालिका–१, बलाँचका  स्थानीयले गुनासो  गरेका छन् । 

गोकुलेश्वरदेखि बलाँचसम्मको बाह्र किलोमिटर कालोपत्रे सडकमा एक वर्षयता १५० रुपियाँ  भाडा  माग्ने  गरेको  स्थानीय  सुरेन्द्रबहादुर  तितराले बताएका छन् |

विगतमा  बलाँचसम्म ६० रुपियाँ  गाडी भाडा लिने गरेकोमा एक वर्षयता मनोमानी ढङ्गले दोब्बर बढी रकम वृद्धि गरिएको नरेन्द्र जोशीले बताएका छन् | यातायात व्यवसायीले दोब्बर भाडा असुली गरिरहँदा  समेत जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, जनप्रतिनिधिलगायत  सरोकारवाला कसैको पनि ध्यान नगएकोप्रति स्थानीय आक्रोशित छन् | यातायात व्यवसायीले भने अनुसार गाडी भाडा नतिर्ने यात्रुलाई नबोक्ने भएकोले बाध्य भएर बढी भाडा तिर्नुपरेको स्थानीयको गुनासो छ | 

यातायात व्यवसायीहरूले मनोमानी ढङ्गले दोब्बर  भाडा  माग्न  थालेपछि भाडा नियन्त्रणको माग  गर्दै  शैल्यशिखर  नगरपालिका–१ का स्थानीयले वडा कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय दार्चुलाको   ध्यानाकर्षण गराएका  छन् । आफूहरूले पटकपटक भाडा नियन्त्रणको माग गरे पनि  सुनुवाइ नभएको सुरेन्द्र तितराले बताएका छन् |  जिपहरूको पछाडि अवैधानिक ढङ्गले जडान गरिएका  सिट ट्राफिक  प्रहरीले  हटाएपछि  भाडा  वृद्धि  गरिएको  हो  |

तोकिएको भाडामा गाडी चलाउँदा फाइदा  नहुने भन्दै  जिप व्यवसायीले आफूखुसी भाडा  माग्ने गरेका  छन् | मनोमानी  भाडा असुली  गर्ने  यातायात  व्यवसायीलाई कारबाही नहुँदा दोब्बर भाडा कायम भएको स्थानीयको गुनासो छ |

आफूखुसी  गाडीभाडा  वृद्धि  गरिएको गुनासो सुनेपछि तोकिएकै भाडा कायम गराउन ट्राफिक प्रहरीलाई निर्देशन  गरिसकेको  प्रमुख  जिल्ला अधिकारी यदुनाथ पौडेलले बताएका छन् |

प्रमुख जिल्ला अधिकारी पौडेलले भने,विगतमा बलाँचसम्म बसको  ६० र  जिपको ८० रुपियाँ गाडीभाडानिर्धारण  गरिएको  रहेछ, यातायात  व्यवसायीले मनोमानी ढङ्गले दोब्बर भाडा माग्ने गरेको  गुनासो बढेपछि स्थानीय, प्रहरी र यातायात व्यवसायीसँग छलफल गरेर पुरानै भाडा कायम गराउने सहमति भएको  छ | तोकिएभन्दा बढी भाडा माग्ने यातायात व्यवसायीलाई कानुन अनुसार कारबाही अगरिने उनले बताए |- यो समाचार आजको गोरखापत्रमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन