2026-06-24 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा कार्यालय प्रमुख र ठेकेदारको लापरवाहिका कारण लाईन जडानमा ढिलाई

2020-03-01

टेकेन्द्र बोहरा | फागुन १८, बझाङ | बझाङको जयपृथ्वी नगरपालीका वडा न ७ मा रहेको धम्नाँउमा नेपाल बिध्युत प्राधिकरण बझाङ साखाका प्रमुख राकेश भट्ट र निर्माणको जिम्मा पाएको रकाल कन्टक्सनका ठेकेदार दिनेश बिष्टको लापरवाहिका कारण लाईन जडानमा ढिलाई भएको छ |

लाईन जडानको काम लगभग ९९ प्रतिसत सकिएको भएतापनी लाईन बिस्तार भएको डेड महिना बितिसक्दापनी अहिले गाँउमा बिजुली बल्न सकेको छैन | जयपृथ्वी नगरपालीका वडा नँ ७ स्थानिवासी गणेश वोहराका अनुषार लाईन बिस्तार भएको डेड महिना बितिसक्दापनी  गाँउमा लाईन जडान कार्यमा आलटाल गरेको बताए |

त्यस्तै अर्का श्रीकृष्ण वोहराका भने गाँउमा बिजुली आउने भो भनेर लाईन बिस्तार गर्ने कार्यमा हामी सवै गाँउलेहरु मिलेर पोलीङ लाईन तान्ने काममा सहयोग गर्यौ गाँउमा बिजुली बाल्ने भयौ भनेर वडा कार्यालयवाट सिफारिस पनी लियौ बिध्युत अफिसमा लाईन जडानका लागी पटक पटक धाएपनी हाकीम सापले कहिले कर्मचारीको अभाव त कहिले ठेकेदारलाई भन्नुहोस एक दुई दिनमै भै हाल्छ तपाईहरु जनुहोस काम भै हाल्छ भनेर आलटाल गर्ने गरेको बताए |

लाईन बिस्तारको जिम्मा पाएको रकाल कन्टक्सनका ठेकेदार बिस्टका उनुषार कहिले कामदारको अभावका  कारण गाँउमा बिजुली वाल्ने काम अली ढिला भएको बताए । यस बिषयमा कुराकानी गर्दा विद्युत प्राधिकरण सुदुरपश्चिम प्रदेश, प्रादेशिक प्रमुख  सतिस कुमार कर्णका अनुसार विद्युत प्राधिकरण बझाङ शाखाका प्रमुख राकेश भट्टसँग यो बिषयमा कुराकानी गरेर पहल चाल्ने बताए |

जिल्लामा राष्ट्रिप प्रशारण लाईन जडान भएको दुई वर्ष बितिसके पनि बझाङको सदरमुकाम चैनपुर नजिकै जोडिएको गाँउका स्थानियवासिन्दाहरु अन्धकारमा बस्न बाध्य भएका छन । जयपृथ्वी नगरपालीकाको सुवेडा,खगेडा,ज्वाडा, छयाला, कैलास पिमी ,सुईल मयानाका वासिन्दाहरु अन्धकारमा वस्न वाध्य भएका हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता