2026-09-14 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दानबीर मेयर नेपालीः ढोरपाटन नगरका १ सय ५ परिवारलाई खाद्यान्न वितरण

हेम विश्वकर्मा | चैत २०, बुर्तिबाङ | ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपालीले नगरपालिकाका १ सय ५ घर परिवारलाई बिहिबार खाद्यान्न वितरण गर्नुभएको छ । 

नगर प्रमुख नेपालीले आफ्नो व्याक्तिगत तर्फदेखि नगरका ९ वटै वडामा रहेका गरिव, विपन्न तथा मजदुरी गरेर जिविको पार्जन गरेका परिवारलाई प्रति परिवार चामल, तेल, चिनी, नुन, दाल र चाउचाउ हस्तान्तरण गर्ने योजना अनुसार वितरण गरेको बताउनुभएको छ । आज पहिलो दिन वडा नं. १, २, ३, ५, र ७ नम्बर वडाबाट संकलित घरपरिवारलाई वितरण गर्नुभएको छ । वडा नम्बर ४, ७, ८ र ९ वडाका नामावलीमा छुट भएका घर परिवारलाई गाडी मार्फत घर घरमै राहात पु¥याइने नगर प्रमुख नेपालीले बताउनुभएको छ । 

घरभाडा छुट गरेर नमूना पेश गर्नुभएका नगर प्रमुख नेपालीले, पहिलो दिन ६८ घरपरिवारलाई खाद्यन्न वितरण गर्नुभएको छ । प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ केजी चिनि, १ केजी नुन, एक पोका तेल, १ पोका सोयाविन र ५ प्याकेट चाउचाउ वितरण गर्नुभएको हो । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसरका कारण दैनिक ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दै आएका गरिब, विपन्न र असहाय परिवारलाई राहात उपलब्ध गराइएको उहाँले बताउनुभयो । 

नगरप्रमुखले खाद्यन्न वितरणपछि लकडाउनका बेला आफ्नो दैनिकी गुजरा चल्न अफ्ठेरो भएको अवस्थामा नगर प्रमुखले गरेको सहयोगले आफू खुसी भएको, ढोरपाटन नगरपालिका वडा नं. ६ का खडकबहादुर पुनले बताउनु भएको छ । “लकडाउन नहुँदा दैनिक मजदुरी गरी खाद्यान्न ल्याएर परिवारको गुजारा गर्थे, अहिले काम पनि बन्द भयो, उनले भने, छाकटार्न समस्या भएपछि मेयर साबले भगवानले जस्तो साथ दिनुभयो ।

खडक बहादुर जस्तै ढोरपाटनमा दैनिक ज्यालादारी गरी परिवारको हातमुख जोड्नेको संख्या पनि धेरै छ । दैनिक ज्यालादारिबाट पाँच सयदेखि ८ सयसम्म कमाउने पुरुष अहिले घरमै थन्किनुपर्दा चिन्तामा छन् ।

खाद्यन्न वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत धनप्रसाद पोखरेल, वडाका वडा अध्यक्षहरु, नगर प्रमुख नेपाली, नगरप्रमुखकी धर्मपत्नी छेला नेपाली सहित स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले