2026-09-13 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैशाखमा भन्सार कार्यालयमा राजश्व संकलन शून्य, उद्योग कलकारखाना प्रभावित

वैशाख २५, नवलपरासी | नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को एक मात्र महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजश्व संकलन प्रभावित भएको छ । चालु आर्थिक वर्षको वैशाखको हालसम्म राजश्व संकलन शून्य रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमराज शर्माले जानकारी दिनुभयो  ।

लकडाउन शुरु भएदेखि नै राजश्व संकलन प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालयले भन्सार कार्यालयलाई महेशपुर नाकाबाट भित्रिने सामग्रीको भन्सार महशुस संकलन नगर्ने आदेश गरेपछि राजश्व संकलन प्रभावित भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विसं २०७६ चैतमा बन्दाबन्दीअघि रु ८८ लाख र बन्दाबन्दीपछि जम्मा रु सात लाख मात्र राजश्व संकलन भएको देखिन्छ ।  

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कोरोना संक्रमणको असज परिस्थितिलाई ध्यानमा राखी सो नाकाबाट सकभर सामग्री भित्रिन नदिइएको बताउनुभयो । चालु आर्थिक वर्ष २०७६÷०७७ मा कुल रु  १५ करोड राजश्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म रु ११ करोड १८ लाख राजश्व मात्र संकलन भएको छ । 

उद्योग कलकारखाना प्रभावित

बन्दाबन्दीका कारण पश्चिम नवलपरासीमा अधिकांश उद्योग कलकारखाना प्रभावित भएका छन् । कामदार र आवश्यक कच्चा पदार्थको अभावमा उद्योगधन्दा प्रभावित भएका हुन् ।   जिल्लामा साना, मम्झौला र  ठूला उद्योग गरी सबै प्रकारका उद्योगधन्दा बन्द हुँदा व्यवसायी मारमा परेको उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले जनाएको  छ  ।

जिल्लामा बन्दाबन्दीबाट निजी क्षेत्र पनि निकै प्रभावित बनेको छ । सरकारले निजी क्षेत्रलाई बैंकको व्याज छुटलगायत विशेष प्याकेज व्यवस्थापन गर्नुपर्ने संघका अध्यक्ष केशवप्रसाद भण्डारी बताउनुहुन्छ । जिल्लामा खाद्यान्नबाहेक अन्य सिमेन्ट र स्टिल उद्योग केही सीमित  सञ्चालनमा रहे पनि त्यसबाहेकका अधिकांश उद्योग बन्द  छन् । पश्चिम नवलपरासीमा सात ठला, ३६ मम्झौला र ८० घरेलु तथा साना उद्योग व्यवसाय छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले