2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

डोटीसहित डडेल्धुरा, अछाम र बाजुराको विद्युत् सेवा अवरुद्ध

जेठ ३, डोटी | शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । 

अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि खराबी आएको ठाउँ पत्ता नलागेका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिका पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेशन म्यानेर कर्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् नहुँदा सञ्चारमाध्यमलाई समेत समस्या भएको छ ।” उक्त प्रसारण केन्द्र हाइटेन्टसनका पोलमा आउने खराबीका कारण यहाँका पहाडी जिल्लामा पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई