२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अग्रभागमा खटिनेलाई कोरोना बीमा

२०७७, ११ जेष्ठ आईतवार ०३:२५

जेठ ११, बागलुङ | कोरोना भाइरसको सङ्कटमा अग्रभागमा खटिनेलाई निकै चुनौती छ । त्यसैले कोरोना सङ्कटमा अग्रभागमा खटिनेलाई हौसला प्रदान गर्न बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले कोरोना बीमा गर्ने निर्णय गरेको छ । 

कोरोना रोकथाम, उपचार, सचेतना, बन्दाबन्दीको पालना गराउने तथा जनतालाई सुसूचित गर्नका लागि गाउँपालिकाभर अग्रभागमा खटिने १०० जनालाई कोरोना बीमा गर्ने निर्णय भएको बरेङ गाउँपालिकाले जनाएको छ । कोरोना सङ्कटको बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मीसहित १०० जनाको प्रतिव्यक्ति रु एक लाख बराबरको कोरोना बीमा गरिने गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार गाउँपलिकाले प्रत्येक व्यक्तिको रु एक लाखको कोरोना बीमा गर्दा रु ६०० प्रिमियम भुक्तिनी गर्ने छ । कोरोना बीमाका लागि गाउँपालिकाले रु ६० हजार खर्च गर्नेछ । 

गाउँपालिकाले स्वास्थ्यकर्मीसँगै स्वास्थ्य संस्थाका कार्यालय सहयोगी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुको लागि कोरोना बीमा गर्न थालेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । गाउँपालिकाले ३० स्वास्थ्यकर्मी, १० पत्रकार, १५ कर्मचारी, पाँच सुरक्षाकर्मी र अन्य अग्रभागमा काम गर्ने जनप्रतिनिधि गरी १०० जनाको कोरोना बीमा गर्नेछ । 

कोरोना सङ्कटको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलगायतकोे आत्मबल बढाउनका लागि गाउँपालिकाले कोरोना बीमा गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । “कोरोना कहरको समयमा आफ्नो ज्यानलाई जोखिममा राखी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीलाई कामप्रति उत्तरदायी बनाउन हामीले कोरोना बीमा गर्न थालेका हौँ”, थापाले भन्नुभयो, “कोरोना बीमासँगै स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकार उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिनेछन् ।” कोरोनाका कारण विश्वमा स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारसमेतको मृत्यु भइसकेको अवस्थामा उच्च मनोबलका साथ कोरोनासँग लड्नका लागि कोरोना बीमा गरिएको थापाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने