Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नाच्दैगाउँदै जनश्रमदानबाट न्यातपोलको जीर्णोद्धार सकिँदै

By साझासवाल

रमेश गिरी । जेठ २६, भक्तपुर।  “नजाऊ कृष्णजी, नजाऊ कृष्णजी, गोकुल छाडी मथुरा, नजाऊ कृष्ण जी….., साह्रै आपत् भो कृष्ण, साह्रै ब्याकुल भो, गोपिनीको चिन्ताले साह्रै ब्याकुल भो…..।” नेपाली भाषाको यो भजनको टुक्कालाई भाकामा ढालिहाले एकहुल महिलाले । अनि काम गर्दागर्दै कोही महिला घुमीघुमी नाच्न थाले । कोही ताली बजाउन थाले । कोही नेपाल भाषामा ‘गज्जब बाला’ भन्दै हाँस्दै हातमा रहेको टायल अरु हातमा पास गर्दै गए ।

विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५ टौमढीको प्रसिद्ध न्यातपोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धारका लागि मन्दिरकै सिँढीमा जनश्रमदान गर्न खटिएका एकहुल महिलाको गतिविधिको एक दृश्य हो यो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको कहरले आक्रान्त बनेपछि देशभर लकडाउनले गतिविधि सुनसान भइरहँदा भक्तपुरको न्यातपोललाई बलियो बनाउन दैनिक जनश्रमदानमा जुटिरहेका छन् यहाँका बासिन्दा ।

विसं २०७२ वैशाख १२ को महाभूकम्पको धक्काले मन्दिरको माथिल्लो तलाका भित्ता चर्किएको र छानाबाट पानी चुहिन थालेपछि भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न गर्नेगरी शुरु गरेको मन्दिर जीर्णोद्धारका क्रममा हरेक दिन स्वतःस्फूर्तरुपमा आउने स्थानीयवासीको जनश्रमदानले सम्पदा संरक्षणमा उनीहरुले दिएको चासोलाई दर्साएको छ ।

भक्तपुर नगरपालिकाले रु ६५ लाख १३ हजार ३५८ को लागतमा न्यातपोल मन्दिर संरक्षण कार्यअन्तर्गत उपभोक्ता समिति गठन गरी मन्दिरको जीर्णोद्धार शुरु गरेसँगै अचेल न्यातपोलमा यस्तै दृश्य देख्न पाइन्छ ।

मन्दिरको जीर्णोद्धार होस् वा पुनःनिर्माण कम्तीमा एकदिनको जनश्रमदान दिनसके धेरै पुण्य हुने वर्षौंदेखिको जनविश्वासकै आधारमा स्वतःस्फूर्तरुपमा हरेकदिन टोलटोलबाट स्थानीयवासी जनश्रमदान गर्न आउने गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनश्रमदानले धार्मिक आस्थाका साथै सम्पदा संरक्षणमा ठूलो महत्व बोकेको छ, भक्तपुरमा पुस्तौँ अगाडिदेखि मठमन्दिर, पाटीलगायतका सम्पदा संरक्षणमा यसैगरी जनश्रमदानदेखि चन्दा जुट्दै आउने गरेको छ, त्यसैले यहाँका सम्पदाको जीर्णोद्धार तथा पुनःनिर्माणमा हाम्रो मौलिकता बचाउनाका साथै अनुमानित लगतभन्दा कम लागतमा काम सम्पन्न गर्दै आएका छौं ।”

केही महिनाअघिमात्रै जीर्णोद्धार सम्पन्न भएको टौमढीकै आकाश भैरव मन्दिर पनि अनुमानित बजेटभन्दा कम लागतमा पुनःनिर्माण सम्पन्न गरेको थियो । पाँचतले मन्दिर संरक्षण तथा जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष केशव तमखुले लकडाउनले केही दिन काम रोकिए पनि चालू आवमै काम सक्नुपर्ने भएकाले पुनः काम शुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ जनश्रमदानका लागि कहिले आउने भनेर मिति तोक्न टोलटोलबाट आउनेहरु धेरै छन्, अहिलेसम्म करिब ५०० जनाले श्रमदान गरिसकेका छन्, अझै ५०० भन्दा बढी स्थानीयवासी पालो कुरेर बसेका छन्, हामीले बोलाउनै पर्दैन, जनश्रमदान गर्न चाहनेहरु आफैँ समूह बनाएरै आउनुहुन्छ ।” केहीदिनअघि मात्रै नेपाल स्काउटको टोलीले पनि श्रमदान गरेको थियो ।

भूकम्पमा अधिकांश सम्पदा ढले पनि वास्तुशास्त्रअनुसार बनेको १०८ फिट अर्थात् ३३ दशमलव २३ मिटर अग्लो यो मन्दिर ठाडो देखेपछि स्वदेशका मात्रै होइन, विदेशका विज्ञहरुसमेत चकित परेका थिए । यद्यपि भूकम्पले माथिल्लो भागको बाहिरी तथा भित्री भित्ता चर्किएको, झिँगटी हल्लिएर सरेको, पानी चुहिन थालेर मन्दिर थप जोखिम भएपछि नगरपालिकाले जीर्णोद्धार शुरु गरेको हो ।

भक्तपुर निवासी इतिहासविद् एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले नेपाल संवत् ८२२ मा राजा भूपतिन्द्र मल्लले यहाँका कालीगढ लगाएर वास्तुशास्त्रअनुसार ६ महिनामै निर्माण गराएका यो मन्दिर विश्वको सातौँ आश्चर्यमा पर्ने गरेको बताउनुभयो ।

उहाँले विसं १९९० को भूकम्पले मन्दिरको माथिल्लो तला भत्किएर गजुर तल डबलीमै खसेको र भैरवको मन्दिर भने जगसम्मै भत्किएकाले यहाँका बासिन्दाले त्यसताका ‘ङातापोल छतामरु, भैल द्योया पता मरु’ अर्थात् पाँच तले मन्दिरको एकतला छैन, भैरव मन्दिर पातालै भयो भन्ने गरेको बताउनुभयो । डा श्रेष्ठले भन्नुभयो, “१९९० सालको भूकम्पले भत्काएको पाँचतले मन्दिर स्थानीय कालीगढले तीन वर्षभित्र निर्माण गराई तत्कालीन राजा जुद्धशमशेरले टौमढीमा बसेर भाषण नै गरेको तथ्य छ, त्यसपछि तत्कालीन राजा महेन्द्र शाहले २०१९ मा र नगरपालिकाले २०५६ मा उक्त मन्दिरको जीर्णोद्धार गरेको थियो ।”

तर अहिले आधुनिक सुविधा सम्पन्न प्रविधि भएको बेलामा भूकम्प गएको पाँचवर्षसम्म पनि मन्दिरले नयाँ जीवन नपाउनु विडम्बना भएको उहाँलृे बताउनुभयो । डा श्रेष्ठका अनुसार उक्त मन्दिरको गर्भस्थानमा बेताल, भैरव र रुद्रासन गरेकी सिद्धिलक्ष्मी देवीको मूर्ति (माथि एक मुख, त्यसमुनि तीन मुख, त्यसमुनि पाँच मुख गरी नौ मुख र १६ हात भएको) प्रतिस्थापन गरिएको छ ।

मन्दिरको टुप्पोको गजुर पूर्णताको प्रतीकसमेत मानिन्छ भने मन्दिर निर्माण सकेर नेपाल संवत् ८२२ असार सुदी १ मा टुप्पोमा गजुर राखेदेखि अहिलेसम्म अटुटरुपमा हरेकवर्ष असार १ गते गजुरमा वर्षबन्धन पूजा गर्ने र त्यसको भोलिपल्ट भक्तपुर तलेजुमा ब्राह्मण, जोशी र कर्माचार्यद्वारा पञ्चोपचारसहितले ‘था पूजा’ (कुनै विशेष कार्य सम्पन्न भएको उपलक्ष्मा गरिने तान्त्रिक पूजाविशेष) गर्ने चलन अहिले रहेको छ ।

न्यातपोल मन्दिर निर्माण भएको अवसरमा भूपतिन्द्र मल्लले मन्दिरकै अगाडिको ठूलो डबलीमा (तह्राँ दवु) सिद्धाग्नि कोट्याहुति यज्ञ गर्न लगाएको समेत श्रेष्ठले बताउनुभयो ।रासस