2026-09-13 09:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौरक्षामा स्थानीय सरकारको चाँसो

महेन्द्र केसी/पर्वत । गौ रक्षाका लागि स्थानीय सरकारले चाँसो देखाएको छ । नगरपालिकाको वडा नम्बर ७ को भण्डारी वनमा गौशला तयार पारिएको हो ।

कुश्मा नगरपालिका क्षेत्रमा रहेका छाडा पशुपंक्षीको व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले गौशाला निर्माण गरेको हो । बजारमा छाडा छोडिएका गाईहरुका कारण बाली नोक्सान र सडक दुर्घटनाको खतरा बढिरहेको बेलामा नगरपालिकाले गाईको व्यवस्थापनको लागि जग्गा भाडामा लिएर गौशाला तयार पारेको हो । 

प्रति वर्ष ४० हजार भाडा तिर्ने गरी  १ सय ५० रोपनी जग्गा भाडामा लिएर गौ संरक्षणमा नगरपालिका लागेको कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए । कुश्मा नगरपालकिा वडा नम्बर ७ को संयोजन तथा स्थानीयको जनश्रमदानमा गौशाला निर्माण गरिएको हो ।

१५० रोपनी चरन क्षेत्र

१ सय ५० रोपनी क्षेत्रमा पशुपंक्षीलाई चरन क्षेत्र र बस्नका लागि गोठ बनाइएको उनले बताए । कुश्मा आसपासका क्षेत्रमा छाडा छोडिएका पशुपंक्षीले स्थानीयको बालीमा नोक्सानी गर्न थालेपछि तीनको व्यवस्थापनाका लागि गौशाला निर्माण गरिएको पौडेलको भनाई छ ।

हालसम्म बजारमा छाडा छोएिका एक दर्जन गाईलाई गौशालामा राखिएको छ । कुनै व्यक्तिले विभिन्न कारणले गाईले उत्पादन दिन नसकेको अवस्थामा गौशालामा ल्याउन सक्ने व्यवस्था पनि मिलाइएको वडा अध्यक्ष शर्माको भनाई छ । 

धार्मिक पर्यटकीय क्षेत्र बनाउने

हामीले यसलाई दिगो रुपमा नै लाने सोच बनाएका छौं । गौशालालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लैजाने सोच बनाएका छौं उनले बने । हिन्दु धर्मअनुसार गाईलाई भगवानको विभिन्न रुपमा मानिएको र गाईको मलमुत्र समेत अमुल्य मानिएको हुनाले कम्तिमा गौदान गर्न चाहाने र गाईलाई दाना खुवाउन चाहाने व्यक्तिहरुको लागि लक्षित गरी धार्मिक पर्यटकीय हिसाबले अगाडी बढाउने सोच बनाएको उनले बताए ।

अहिले गाईको हेरचाह नगरपालिकाले आफै गर्ने र निकट भविष्यमै त्यसबारेमा  नयाँ सोचका साथ अगाडी बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले