Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लकडाउनमै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाए

२०७७, ८ असार सोमबार ०७:०९

असार ८, गलकोट। बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाएका छन् । कोरोना सन्त्रासका बीच जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ पहिलो सातादेखि शुरु भएको थियो । 

सो कार्यक्रमअन्तर्गत पदमार्ग, गोरेटो बाटो, सडक मर्मत तथा सिँचाइ कुलो निर्माण गरिएको छ । बाहिरबाट कामदार नल्याई स्थानीयलाई नै रोजगारी प्रदान गरी विकास निर्माणका काम गरिएको नगरपालिकाका रोजगार संयोजक सविता शर्माले जानकारी दिनुभयो । “१४ मध्ये केही वडामा कार्यक्रम सम्पन्न भइसकेको छ, केही वडामा अन्तिम चरणमा छ”, शर्माले भन्नुभयो “नगरमा यो वर्ष २१४ जानले रोजगारी पाए, बन्दाबन्दीमै रोजगार पाउदा वेरोजगार भएकाहरुलाई राहत भएको छ ।” 

राहत वितरण भन्दा रोजगार कार्यक्रमअन्तर्गत सामाजिक दूरी कायम गरी काममा लगाउने निर्णयअनुसार रोजगारी दिइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।  नौ नम्बर वडाले पेश गरेको प्रस्तावना रोजगारी सिर्जना गर्न नमिलेको भन्दै अस्वीकृत भएको हो । नगरपालिकाको बेरोजगार सूचीमा दुई हजार ३५० जना सूचीकृत छन् । अति विपन्न तथा परिवारनै बेरोजगार भएकालाई प्राथमिकता दिइएको छ ।

बन्दाबन्दीमा काम पाउँदा कामदारहरु हर्षित भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकालाई प्राप्त रु ३६ लाख २६ हजारको बजेटबाट ७५ प्रतिशत श्रमिकलाई ज्याला र २५ प्रतिशत निर्माण तथा मजदुर सुरक्षा सामग्रीमा खर्च गरिने कार्य विधिमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै