2026-09-13 08:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश सरकारद्वारा दमौली अस्पताललाई रु एक करोड ४३ लाख बजेट

असार ९, दमौली | गण्डकी प्रदेश सरकारले तनहुँको सदरमुकामस्थित दमौली अस्पताललाई रु एक करोड ४३ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि अस्पताललाई उक्त बजेट विनियोजन गरेको हो ।

अस्पताल सुदृढीकरण, आँखा सेवा, डायलायसिस सेवा, एम्बुलेन्स खरिद, औषधि खरिदलगायतका शीर्षकमा प्रदेश सरकारले बजेट विनियोजन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पूर्वतयारीसम्बन्धी कार्यक्रमका लागि रु एक लाख ५० हजार, एनसीयु एनआइसीयु सेवा निरन्तरताका लागि रु १० लाख दुई हजार, डायलायसिस सेवा सञ्चालन तथा निरन्तरताका लागि रु १० लाख दुई हजार, नसर्ने रोग (क्यान्सर, मुटुरोग, मिर्गौला, दीर्घश्वासप्रश्वास रोग) तथा मानसिक स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन तथा निरन्तरताका लागि रु नौ लाख, अस्पताल सुदृढीकरण कार्यक्रम, बृहत् आकस्मिक प्रसूति तथा नवशिशु स्याहार सेवा सुदृढीकरणका लागि रु ३४ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

आँखा सेवा कार्यक्रम सञ्चालनका लागि अल्थाल्मिक असिस्टेन्ट र नेत्र सहयोगी सेवा करारका लागि रु सात लाख ६० हजार, बिरामीका लागि खाद्यान्न एवं सुत्केरी भत्ताका लागि रु १० लाख, आधारभूत एवं अत्यावश्यक औषधि खरिदका लागि रु पाँच लाख, एम्बुलेन्स खरिदका लागि रु १२ लाख विनियोजन भएको छ । 

त्यस्तै १५ श्ययाको अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्नका लागि जग्गा प्राप्ति र विस्तृत आयोजना प्रतिवेदन तयार गर्नका लागि रु ३५ लाख बजेट विनियोजन भएको छ । जग्गा अभावकै कारण अस्पतालको स्तरोन्नति हुनसकेको छैन । हाल १५ श्ययामा सञ्चालित अस्पताललाई ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्न कम्तीमा ३५ देखि ८० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने देखिएको छ । अहिले दमौली अस्पताल १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । तनहुँका साथै कास्कीको पूर्व र लमजुङको पश्चिम क्षेत्रका सर्वसाधारणलाई सेवा प्रवाह गर्दै आइरहेको अस्पताललाई थप सुविधासम्पन्न बनाउन स्तरोन्नति आवश्यक रहेको अधिकारीले जानकारी दिनुभयो ।

दैनिक १०० भन्दा बढी बिरामी अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने गरेका छन् । हाल दमौली अस्पतालमा सरकारी दरबन्दीमा तीन चिकित्सक छन् । त्यसमध्ये एक मेडिकल सुपरिटेन्डेन्ट हुन् । साथै करारमा समेत गरी आठ चिकित्सकले सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले