Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पर्वतको पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापना गर्ने गृहको निर्णय

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

असार ९, पर्वत। पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गत जेठ ३१ मा गएको विनाशकारी पहिरोका पिडीतलाई गृहमन्त्रालयले थप राहत दिने र पुनःस्थापना गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापनाका लागि घर बनाउन थप राहत दिने निर्णय गरेको हो ।

पहिरोको स्थलगत अनुगमनबाट फर्केपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष पहलपछि गृहमन्त्रालयले राहत र पुनःस्थापना गर्ने निर्णय गरेको गृहले जानकारी दिएको छ । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिले मृतकका परिवारलाई राहत दिएको थियो । समितिले हरेक मृतकलाई रु एक लाख दिन सक्छ । गृह मन्त्रालयले यसबाहेक थप रकम दिने निर्णय गरेको हो ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका उपसचिव गणेशविक्रम शाहीका अनुसार पहिरोमा विस्थापित १३ घरपरिवारलाई तुरुन्त अस्थायी घर निर्माण गर्नका लागि प्रतिघरपरिवार रु ५० हजारका दरले रकम उपलब्ध गराउने  निर्णय भएको ।  उक्त रकमबाट अस्थायी घर निर्माण गर्न रकम अपुग भएमा थप रु ५० हजार उपलब्ध गराउने निर्णय पनि गरेको छ । थप रकम उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसैगरी पहिरोबाट अति जोखिमा परेका घरपरिवारलाई बस्ती स्थानान्तरण गर्नुपर्ने वा नपर्ने विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन खानी तथा भूगर्भ विभागलाई  जिम्मा दिने निर्णय पनि गरेको छ ।

बस्ती स्थानान्तरण गर्नुपर्ने भए लागत स्टिमेटसहितको कार्ययोजना तयार गरी शहरी विकास मन्त्रालयले कार्य शुरु गर्ने निर्णयसमेत भएको छ । बस्ती स्थानान्तरण गर्न नपर्ने भए पहिरोलाई नियन्त्रण गर्न र बस्तीलाई संरक्षण गर्नका लागि आवश्यक कार्य गर्न ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई जिम्मा दिने निर्णय भएको उपसचिव शाहीले बताउनुभयो ।

कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा परी दुई घरपरिवारका नौ जनाको मृत्यु भएको थियो । पहिरोले एक घर आधा भत्किएको छ । पहिरोबाट १३ घरपरिवार विस्थापित भएको छ । पीडितहरुलाई विभिन्न सामाजिक सङ्घसंस्था र व्यक्तिले समेत निरन्तर सहयोग गरिरहेका छन् ।

पहिरो गएको भोलिपल्टै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, सङ्घीय सांसद पदम गिरी, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्थलगत अनुगमन गरेर विस्थापितलाई राहत र पुनःस्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

चार लाखको अक्षयकोष स्थापना

पर्वतको महाशीला गाउँपालिकामा करिब रु चार लाखको कृष्णगोपाल स्मृति अक्षयकोष स्थापना गरिएको छ । शैक्षिक क्षेत्रमा सक्रिय बालारानी माध्यमिक विद्यालयका शिक्षक सामाजिक अभियानकर्मी कृष्णगोपाल गुरुङको गत वर्ष विद्यालय र खेलमैदान निर्माणको सिलसिलामा लुङ्खु देउरालीबाट घर बालाकोट जाँदै गर्दा जीप दुर्घटनामा परी मृत्यु भएको पहिलो स्मृति दिवसका अवसरमा सोमबार उक्त अक्षयकोष स्थापना गरिएको हो ।

स्व गुरुङका घरपरिवारको संयोजनमा कृष्णगोपाल गुरुङ स्मृति अक्षयकोष सार्वजनिक गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङ परिवारको तर्फबाट रु दुई लाख पाँच हजार र स्थानीय शुभेच्छुक व्यक्तिहरुबाट रु ८६ हजार ७७५, महाशीला गाउँपालिकाको तर्फबाट रु एक लाख गरी कूल रु तीन लाख ९१ हजार ७७५ रकम बराबरको अक्षयकोष निर्माण गरिएको उच्चैले बताउनुभयो । सो कोषबाट गाउँपालिकाका विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

अक्षयकोष व्यवस्थापनका लागि गुरुङका दाजु श्यामबहादुर गुरुङ संयोजक रहेको नौ सदस्यीय समिति गठन गरिएको छ । स्व गुरुङकी श्रीमती आशा गुरुङ कोषको संरक्षक रहनुभएको छ । स्व गुरुङ समग्र गाउँपालिकाको शिक्षा र सामाजिक क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहँदै आउनुभएको थियो । रासस