Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बडिगाड गाउँपालिकामा ५३ करोड २ लाख वढिको बजेट सार्वजनिक

२०७७, ११ असार बिहीबार ०१:४१

कमल पौडेल | असार ११, बडिगाड | बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को लागि ५३ करोड २ लाख ६९ हजार ७ सय ४८ रुपैयाको बजेट सार्वजनिक गरेको छ । 

बुधबार भएको ७ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष अम्मर बहादुर श्रीसले प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्च तर्फ ८ करोड ७५ लाख, सशर्त कार्यक्रम तर्फ २८ करोड ५२ लाख तथा पुँजिगत खर्च तर्फ १५ करोड ७५ लाख ६९ हजार ७ सय ४८ रुपैया विनियोजन गरिएको छ। पुँजिगत तर्फ कृषि विकास कार्यक्रममा ८५ लाख छुट्याइएको छ भने पशु विकास कार्यक्रममा ५० लाख विनियोज गरिएको छ । शिक्षा र स्वास्थ्यमा ५०/५० लाख विनियोजन गरेको पालिकाले गाउँपालिका भवन निर्माणको लागि २ करोड तथा ९ ओटा वडामा वडा कार्यालय भवन निर्माणको लागि २० लाखका दरले १ करोड ८० लाख वजेट विनियोजन भएको छ। 


त्यस्तै पूर्वाधार तर्फ खर्वाङ दगातुन्डाडा मोटरवाटोको लागि ७० लाख, जोगिवगर जलजला रणसिंहकिटेनी सडकको लागि ८० लाख, भिमगिठे दर्लिङ गंगरे मोटरवाटोको लागि ५० लाख विनियोजन गरेको छ। आज सर्वसहमतिमा पारित वजेटमा आन्तरिक राजश्ववाट १ करोड २५ लाख उठाउने लक्ष्य लिइएको छ । 

नेपाल सरकारको राजश्व वाँडफाँडबाट ९ करोड १ लाख ६३ हजार ७ सय ४८, प्रदेश सरकारको राजश्व वाँडफाँडबाट ४६ लाख २९ हजार, गाउँपालिकाको नगद मौज्जादवाट १ करोड ५० लाख, अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत संघिय सरकारको वित्तिय सम्मानीकरण अनुदान वाट ११ करोड ४ लाख, प्रदेश सरकारको वित्तिय सम्मानीकरण अनुदान १ करोड २३ लाख ७७ हजार, संघिय सरकारको ससर्त अनुदान, २७ करोड २ लाख, प्रदेश सरकारको ससर्त अनुदान १ करोड ५० लाख आम्दानी हुने प्रक्ष्यपण गरिएको छ। सभामा आर्थिक वर्ष २०७५/७६ को यथार्थ आम्दानी खर्च विवरण, आव २०७६/७७ को संसोधित अनुमान र २०७७ जेठ मसान्त सम्मको यथार्थ आम्दानी खर्च विवरण समेत प्रस्तुत गरिएको थियो। सभाले आर्थिक विधेयक २०७७ र विनियोजन विधेयक २०७७ पनि सर्वसहमतिमा पारित गरेको छ ।


बजेट प्रस्तुत हुनुभन्दा अगाडि वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले आर्थिक वर्ष २०७७/७८ को लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। “समुन्नत, स्वच्छ र सुन्दर बडिगाड” सोच र सर्वाङ्गीण विकास युक्त गाउँपालिका बनाउने लक्ष्य सहित सावर्जनीक गरिएको निति तथा कार्यक्रममा विकासको पूर्वाधारहरुको विस्तार र पहुँच बस्तीस्तर सम्म वृद्धि गर्ने, सार्वजनिक स्रोतमा सवै वर्ग, क्षेत्रको पहुँच अभिवृद्धि गर्ने, सामाजिक कुरुती न्युनिकरण गर्ने, उत्पादन मुलक क्षेत्रमा व्यवसायीकता र उद्यमसिलता विकास गरि आय आर्जन गर्ने र गरिवि न्युनिकरण गर्ने, रैथाने स्थानिय जातको कृषि उत्पादनलाई प्राथमिकता दिने लगाएतको उद्धेश्य राखिएको छ। निति तथा कार्यक्रममा दैवि प्रकोप तथा विपद्मा परेका तथा भुमिहिन सुकुम्बासीहरुलाई उचित व्यवस्थापन गर्ने, एक घर दश फलफुल विरुवा कार्यक्रमलाई निरन्तरता दिने, साना व्यवसायीक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम संचालन गर्ने, सहकारीहरुलाई प्रवद्र्धन गर्ने, पर्यटकीय क्षेत्रहरुको विकास गर्ने, सामुदायीक विद्यालयको शिक्षक कर्मचारीहरुको दरवन्दि मिलान, विद्यालय समायोजन तथा एकिकरण गर्ने कार्य अगाडि वढाउने लगाएतका कार्यक्रममा जोड दिइएको छ। गाउँपालिकाले गाउँपालिकाको अनुमति नलिई कार्यक्रम संचालन गर्ने संघसंस्थालाई प्रतिवन्ध लगाउने भएको छ। आज सर्वसहमतिमा पारित निति तथा कार्यक्रममा सरकारी तथा गैरसरकारी संघ संस्थाले संचालन गर्ने कार्यक्रम गाउँपालिकामा पेश गर्ने जनाइएको छ। गाउँपालिका भित्र ७ वटै स्वास्थ्य संस्थामा फार्मेसि संचालन गर्ने, खोप केन्द्रलाई व्यवस्थीत गर्ने, एकिकृत महिला तथा प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, कोभिड १९ लगाएतका महामारी रोग नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन कार्यक्रम संचालन गर्ने लगाएतका स्वास्थ्य सम्बन्धि कार्यक्रम निति तथा कार्यक्रममा समेटिएको छ। मगरभाषा कक्षा सञ्चालन गर्ने, महिला उद्यमी तथा महिला सहकारी संस्थाको प्रवद्र्धन गर्ने, रोजगार सेवा केन्द्रको सुदृढिकरण गर्ने, सवै वडामा केन्द्रिय विद्युत प्रशारण लाइनको विस्तार तथा जडानको लागि आवश्यक प्रयत्न गर्ने बडिगाड वृहत खानेपानी योजना सञ्चालन गर्ने लगाएतका कार्यक्रम पनि निति तथा कार्यक्रममा समेटिएको छ। राजश्व संकलन कार्यलाई प्रभावकारी बनाउन राजश्व शाखाको गठन गर्ने, गाउँकार्यपालिकाको कार्यालय तथा वडा कार्यालयमा गुनासो सुनुवाइको व्यवस्था गर्ने, नागरिक वडा पत्रको व्यवस्था गर्ने, भ्रष्टाचार सुन्य सहनसिलताको निति अवलम्बन गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।


सभामा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु प्रसाद भुसालले समृद्ध वडिगाड बनाउन सवैको भुमिका हुने भन्दै ३ वर्षको कामको समिक्षा गर्दै थप योजना निर्माण गर्ने बेला भएको बताउनु भएको छ। प्रमुख अतिथिको रुपमा गाउँसभामा रहनुभएका उपप्रमुख भुसालले जनप्रतिनिहरु जनताको सेवा, सुसासन लगाएतको विषयमा समिक्षा गर्नुपर्ने भन्दै निर्वाचनको बेला गरिएको प्रतिवद्धताहरु कति पुरा भए र के गर्दै छौं समिक्षा गर्न जरुरी रहेको बताउनु भएको छ। कोरोना भाइरसको विरुद्ध बडिगाड गाउँपालिकाको कदम सह्रानिय रहेको भन्दै कोभिड १९ विरुद्ध जनप्रतिनिधि, कर्मचारी एकतावद्ध भएर जित्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै