२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङमा ‘एक घर, एक धारा’को लक्ष्यसहित आयोजनाको काम अगाडि बढ्यो

२०७७, १६ असार मंगलवार ०७:१९

रामबहादुर थापा ।असार १६, बागलुङ । गलकोट नगरपालिका र बागलुङ नगरपालिका–९ मा बृहत् खानेपानी आयोजना शुरुआत भएको छ । ‘एक घर, एक धारा’को लक्ष्यसहित आयोजनाको काम अगाडि बढाइएको हो ।

‘गलकोट बृहत् खानेपानी आयोजना’को बागलुङ–२ का सांसद देवेन्द्र पौडेलले आइतबार ‘भर्चुअल’ माध्यमबाट आयोजनाको शिलान्यास गर्नुभएको थियो । बागलुङ नगरपालिका–९ को ‘तित्याङ–ढुलाढुङ्गा–नुवारा बहृत खानेपानी आयोजना’मा पनि केही दिनअघि काम थालिएको छ । 

खानेपानी मन्त्रालय अन्तर्गत बन्न लागेका दुवै आयोजना बहुवर्षीय हुन् । गलकोटको लागत रु। १५ करोड र तित्याङको रु। सात करोड छ । दुवै आयोजनाको सर्वे सकेर उपभोक्ता समिति निर्माणतिर लागेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिनियर इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।

गलकोटको आयोजनाबाट वडा नं। ३, ५ र ७ का झण्डै १२ सय घरधुरीले लाभ लिने उहाँको भनाइ छ । “यो आयोजनामा ११ साना ‘स्किम’ छन्, वडा नं। ७ मल्मको एउटा ‘स्किम’बाट काम शुरु भएको छ”, उहाँले भन्नुभयो ।

सो आयोजनाको ‘ट्रान्समिसन पाइपलाइन’ १७ किमि र वितरण ‘पाइपलाइन’ ३२ किमि छ । यस्तै १० देखि १५० घनमिटरसम्मका ट्याङ्की, इन्टेकलगायतका संरचना बन्ने आयोजना कार्यालयले जनाएको छ ।

गलकोट नगरपालिका–७ का अध्यक्ष टीकाबहादुर थापाले आयोजना बनेपछि मल्मसहित वडा नं। ३ हटिया र ५ हरिचौरमा खानेपानीको सहज सुविधा पुग्ने बताउनुभयो । मल्म, ढुङ्गेखानीस्थित खानेपानीको पुरानै मुहानबाट नयाँ आयोजना विस्तारको काम शुरु भएको उहाँको भनाइ छ ।

‘तित्याङ–ढुलाढुङ्गा–नुवारा बहृत् खानेपानी आयोजना’बाट ५७२ घरधुरीका करिब ३८ सय जना लाभान्वित हुने भएका छन् । सो आयोजनामा पनि १० देखि ५० घनमिटरसम्मका ट्याङ्की निर्माण हुने उपभोक्ता समितिले जनाएको छ ।

आयोजनाको ‘ट्रान्समिसन पाइपलाइन’ ७ किमि र वितरण ‘पाइपलाइन’ १७ किमि छ । दुवै आयोजना आगामी तीन वर्षभित्र सक्ने लक्ष्य रहेको सिनियर इन्जिनियर केसीले बताउनुभयो । आगामी आवमा गलकोटको आयोजनाका लागि रु। ५० लाख र तित्याङको लागि रु। ३० लाख बजेट छुट्टिएको छ । 

काम नसकुञ्जेल क्रमागत रुपमा बजेट आउने आयोजना कार्यालयले जनाएको छ । बागलुङ नगरपालिका–९ का अध्यक्ष गणेश थापामगरले स्रोत भएर पनि समयमा आयोजना नबन्दा खानेपानीको समस्या निम्तने गरेको बताउनुभयो ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगरभित्रका सबै घरमा धारा निर्माण गर्न सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा काम भइरहेको बताउनुभयो । उहाँले शुरु भएका आयोजनालाई अलपत्र पर्न नदिइने उल्लेख गर्नुभयो । सांसद देवेन्द्र पौडेलले घरघरै खानेपानीको सहज पहुँच विस्तार गर्ने सरकारी नीति रहेको जानकारी दिनुभयो । “अहिले बन्न लागेका आयोजना पनि ‘एक घर, एक धारा’ अभियान अन्तर्गतकै हुन्”, उहाँले भन्नुभयो ।

खानेपानी मन्त्रालयको लगानीमा जिल्लामा २० आयोजना सञ्चालित छन् । तीमध्ये १५ वटा क्रमागत र पाँच नयाँ आयोजना हुन् । ती आयोजनाका लागि आगामी आवमा रु ३३ करोड २६ लाखभन्दा बढी बजेट छुट्टिएको छ । प्रदेश सरकार र स्थानीय तहको लगानीमासमेत कैँयन खानेपानी आयोजना निर्माणाधीन छन् । प्रदेश सरकारले पनि आगामी दुई वर्षभित्रमा गण्डकीका सबै घुरधुरीमा आधारभूत खानेपानी सुविधा पुर्याउने लक्ष्य लिएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश