Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीका स्थानीय तहहरुद्वारा सडकमा एक चौथाइ बजेट विनियोजन

२०७७, १९ असार शुक्रबार ०५:३९

असार १९, म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि सडकमा पूँजीगत बजेटको एक चौथाइभन्दा बढी विनियोजन गरेका छन् । रु दुई अरब ६२ करोड ६२ लाख ४१ हजार ५९३ को कूल बजेट भएका छ वटा पालिकाको पूँजीगततर्फको रु ८८ करोड ६३ लाख ७५ हजार ८९ छ । सडक पूर्वाधारका लागि रु २५ करोड ३८ लाख एक हजार ५८० अथवा २८ प्रतिशत बजेट छुट्टाएका हुन् । 

भौगोलिक आबद्धता कायम, कृषि तथा उद्योग व्यवसायको विकास, जनजीवन सहज र उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । पूँजीगततर्फ रु १७ करोड ९८ लाख ८५ हजार ५६० विनियोजन गरेको मङ्गलाले सडकलाई रु सात करोड ८९ लाख १५ हजार छुट्टाएको छ । बेनीलाई स्मार्ट सिटी बनाउने महत्वकांक्षी योजना अघि सार्दै पूँजीगततर्फ रु १९ करोड ४० लाख छुट्टाएकोे बेनी नगरपालिकाले सडकमा रु पाँच करोड १५ लाख विनियोजन गरेको छ ।

रु १२ करोड ६५ लाख ५२ हजार पूँजीगत बजेट विनियोजन गरेको भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाले सडकमा रु तीन करोड ६४ लाख ८६ हजार ५८० राखेको छ । सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको मुदी र मल्कवाङ यसै महिना सडक सञ्जालमा जोडिएका छन् । रु १३ करोड ६५ लाख पाँच हजार ९४९ विकास बजेट रहेको मालिका गाउँपालिकाले दरवाङ बजारदेखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नति र बस्तीमा सडक विस्तार गर्न रु तीन करोड ८३ लाख विनियोजन गरेको छ । मालिकाले कूल लागतको तीन प्रतिशत मर्मतसम्भार कोषमा राख्ने नीति लिएको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

रु ११ करोड ५८ लाख ३१ हजार पूँजीगत बजेट विनियोजन गरेको रघुगङ्गा गाउँपालिकाले सडकमा रु तीन करोड २० लाख छुट्टाएको छ । रु १३ करोड ३६ लाख पूँजीगत बजेट विनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाले सडक आयोजनाका लागि रु एक करोड ६७ लाख राखेको छ । सडकलगायता पूर्वाधारसम्बन्धी विकास आयोजना निर्माणमा कोरोनाका कारण रोजगारी गुमाएर विदेश र शहरबाट फर्किएकालाई परिचालन गर्ने नीति लिएको रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । 

सङ्घीय र प्रदेश सरकारसँग साझेदारीमा सञ्चालन हुने पूर्वाधार योजनाका लागि समपूरक कोषमा रु ११ करोड ५० लाख विनियोजन गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण, नियन्त्रण र व्यवस्थापन गर्नका लागि विपद् व्यवस्थापन कोषमा रु सात करोड २७ लाख १३ हजार विनियोजन गरेका छन् । बेनी नगरपालिकाले रु ९० लाख, धौलागिरिले रु ७५ लाख, मालिकाले रु एक करोड ७६ लाख १३ हजार, मङ्गलाले रु ८६ लाख, रघुगङ्गाले रु एक करोड ६० लाख र अन्नपूर्णले रु एक करोड ४० लाख विनियोजन गरेका छन् । 

कृषि र पशुपालन क्षेत्रमा रु छ करोड २६ लाख ४० हजार अथवा सात प्रतिशत बजेट छुट्टाएका छन् । बेनीले रु एक करोड २५ लाख, धौलागिरिले रु एक करोड दुई लाख, मालिकाले रु ७६ लाख, मङ्गलाले रु ९२ लाख ७० हजार, रघुगङ्गाले रु एक करोड ६० लाख र अन्नपूर्णले रु सत्तरी लाख विनियोजन गरेका छन् । 

कोरोनाका कारण विदेश र शहरबाट फर्किएर कृषि, पशुपालन, जडीबुटी खेती र लघुउद्यम गर्नेलाई अनुदान दिन रु ३० लाखको युवा स्वरोजगार कोष बनाएको धौलागिरिकी अध्यक्ष थमसरा पुनले बताउनुभयो । शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको तलबभत्ता, कार्यालय सञ्चालनसहित चालु शीर्षकमा रु एक अर्ब ५६ करोड ७७ लाख ७० हजार विनियोजन गरेका छन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विनियोजन भएकोमध्ये ५० प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च गरेका छन् । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै