2026-07-24 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सङ्कटमा अवसर देखेपछि…

रामबहादुर थापा । असार २२, बागलुङ ।  बन्दाबन्दीले सुवास श्रेष्ठको सोचलाई रोकेन । व्यवसायमा अनुभवी उहाँले नयाँ जुक्ति रच्नुभयो । सङ्कटलाई अवसरमा बदल्नुभयो । बागलुङ नगरपालिका–२ का उहाँले  रु ५० लाखको लगानीमा ‘ब्राउन आइज मार्ट’ खोलेर नयाँ व्यवसायमा हात हाल्नु भयो ।  

उहाँको लगानीमा सञ्चालित ‘ब्राउन आइज पार्टी प्यालेस’, रेष्टुराँ, सिनेमा घर, जिमखाना र नृत्यशाला अहिले बन्द छन् । चल्तीका व्यवसाय कोरोनाका कारण एकाएक थलिएपछि उहाँले नयाँ योजना बुन्नुभयो । “पार्टी प्यालेस, रेष्टुराँदेखि मेरो सबै व्यवसाय अहिले ठप्प छ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीले आर्थिकरुपमा समस्या हुन थालेपछि नयाँ उपाय निकालेँ ।” उहाँले घरायसी सामान जस्तो स्थितिमा पनि किनमेल हुने देखेर ‘मार्ट’ खोलेको प्रतिक्रिया दिनुभयो ।

अदालत रोडस्थित ‘मार्ट’मा खाद्यान्न, तरकारी, शृङ्गार, डेरीजन्य उत्पादनलगायत घरायसी सामग्री उपलब्ध छन् । “स्वदेशदेखि विदेशी ब्राण्डसम्मका सामान राखेका छौँ”, उहाँले भन्नुभयो, “बच्चाका खेलौना, उपहार पनि थप्ने योजना छ ।”

उक्त ‘मार्ट’ बाग्लुङ बजारकै ठूलो रहेको उहाँको जिकिर छ । ‘मार्ट’ तीन हजार स्क्वायर फिटमा बनेको छ । चार जना कर्मचारी राखेर सेवा दिइरहेको उहाँले बताउनुभयो । आउँदा दिनमा ग्राहकको मागअनुसार घरघरमै सेवा पु¥याउने लक्ष्य लिइएको छ । पहिलेदेखि सञ्चालनमा रहेका व्यवसाय कहिले खुल्ने कुनै निधो नभए पनि श्रेष्ठ नयाँ व्यवसायको प्रवद्र्धनमा लाग्नुभएको छ । कोरोना सङ्कट मत्थर भएपछि सबै व्यवसाय पुरानै अवस्थामा फर्कने उहाँको विश्वास छ ।

“अरु व्यवसाय पनि विस्तारै खुल्दै जाला अहिलेलाई समयको मागअनुसार मार्टमा लगानी गरेँ”, उहाँले भन्नुभयो । उहाँले सामान किनबेच गर्दा आवश्यक सावधानीसहित भौतिक दूरी अपनाउने गरिएको बताउनुभयो ।

उमेरले बल्ल ३३ वर्ष टेके पनि आँट र मेहनत भयो भने उद्यमी बन्न उमेरले छेक्दैन भन्ने उदाहरण उहाँ बन्नुभएको छ । उहाँले सञ्चालन गर्नुभएका व्यवसायमा रु १२ करोड लगानी छ । विसं २०५७ तिर बागलुङमा नृत्य प्रशिक्षण केन्द्र खोलेर व्यवसाय शुरु गर्नुभएका उहाँले बागलुङ, म्याग्दी हुँदै पोखरासम्म व्यवसाय विस्तार गर्नुभएको छ । उहाँले गत वर्षमात्रै पोखरामा रु छ करोडमा ‘ब्राउन आइज पार्टी प्यालेस’ खोल्नुभएको थियो । 

बागलुङमा सोही नामको ‘पार्टी प्यालेस’ विगत चार वर्षदेखि सञ्चालित छ । दुई ‘पार्टी प्यालेस’सँगै अन्य व्यवसायमा गरी करिब ५० जनाले रोजगारी पाएका थिए । अहिले व्यवसाय बन्द हुँदा रोजगारी पनि गुमेको छ । उहाँलाई दिदी मीना, श्रीमती सनमसहित परिवारका सदस्यले व्यवसायमा सघाउने गरेका छन् । “ससुराली परिवारकोतर्फबाट पनि मलाई सहयोग छ”, उहाँले भन्नुभयो, “सबैको साथ र हौसलाले व्यवसाय चलेको छ ।” 

हालसम्म गरेका व्यवसायबाट आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ । “जस्तोसुकै समस्यामा पनि म आत्तिन्न बरु जोखिम उठाएर अघि बढ्छु”, उहाँले भन्नुभयो । देशमै आत्मनिर्भर बन्ने सोच र उद्देश्यले व्यवसायमा होमिएको उहाम्को भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक