२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्दीपुर गाउँपालिकाको बजेट पारित

२०७७, २५ असार बिहीबार ०४:५०

असार २५, दमौली। तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कूल रु ५५ करोड पाँच लाख ८२ हजार ४०० को अनुमानित बजेट पारित गरेको छ । बुधबार आयोजित गाउँसभाले आगामी वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।

गाउँसभाले पूँजीगततर्फ रु १४ करोड ५३ लाख ८२ हजार ४४०, सामाजिक सुरक्षाभत्तातर्फ रु नौ करोड, वित्तीय व्यवस्थापनतर्फ रु १६ लाख, चालू खर्चतर्फ पदाधिकारीको पारिश्रमिक र सुविधातर्फ रु एक करोड १५ लाख, कर्मचारी पारिश्रमिक र अन्य प्रशासनिकतर्फ रु दुई करोड ७२ लाख, कार्यालय सञ्चालनतर्फ रु एक करोड ३३ लाख र विविध खर्चतर्फ रु एक करोड आठ लाख विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो ।


गाउँपालिकाले आगामी वर्ष आन्तरिक स्रोतबाट रु चार करोड तीन लाख ४५ हजार आम्दानी हुने लक्ष्य लिएको छ । उपाध्यक्ष गुरुङका अनुसार सम्पत्ति करबाट रु ३५ लाख ४६ हजार, घरबहाल करबाट रु १५ लाख, बहाल बिटौरी करबाट रु २० लाख, व्यवसाय करबाट रु १३ लाख २५ हजार, सेवा शुल्कबाट रु १६ लाख ९४ हजार, घरनक्सा दस्तुरबाट रु आठ लाख ४६ हजार, नाता प्रमाणितबाट रु एक लाख आठ हजार र  ढुङ्गागिट्टीबाट रु ३० लाख आन्तरिक आम्दानी हुने लक्ष्य लिइएको छ । 

त्यस्तै सङ्घीय सरकार वित्तीय समानीकरणवापत रु नौ करोड चार लाख, राजश्व बाँडफाँडबाट रु छ करोड, सशर्त अनुदानबाट रु १७ करोड चार लाख, विशेष अनुदानबाट रु चार करोड ७५ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरणवापत रु एक करोड १९ लाख र राजश्व बाँडफाँडबाट रु ६९ लाख ६६ हजार आम्दानी हुने लक्ष्य गाउँपालिकाले लिएको छ । 

‘पर्यटन, कृषि, सहकारी, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मूल आधार’ लाई मुख्य नारा बनाएर गाउँपालिकाले कार्यक्रम बनाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ प्रमुखसँग रोजगार कार्यक्रम, बाँझो भूमि खेतीका लागि अनुदान कार्यक्रम, उपाध्यक्षसँग महिला सीप विकास कार्यक्रम, अध्यक्षसँग बालबालिका कार्यक्रम, एक हल गोरु एक थान हलो वितरण कार्यक्रम, विपन्न गर्भवती महिला पोषण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै आफ्नै स्थानीय तह आफ्नै लगानीअन्तर्गत अतिविपन्न परिवारका लागि विद्युतीय चुलो वितरण, एक लिटर दूध उत्पादनमा रु एक अनुदान कार्यक्रमलाई समेत आगामी वर्षको कार्यक्रममा समेटिएको थापाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले