2026-09-13 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङको बरेखानीमा पुग्यो सडक, कृषि उपजले बजार पाउने अपेक्षा

असार २५, गलकोट । सडक नभएका कारण कृषि उपज बिक्रीका लागि समस्या भोग्दै आएको बरेखानीका कृषकलाई राहत भएको छ । बागलुङको गलकोट नगरपालिका–९ बरेखानीमा पहिलोपटक सडकको पहुँच पुग्दा गाउँलेहरु खुशी भएका छन् । गाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य हुँदै आएका स्थानीयवासी मोटरबाटो पुगेपछि हर्षित भएका हुन् । 

कृषि उपजका लागि निकै उर्भर मानिएको बरेखानीका कृषकले उत्पादन गर्दै आएको तरकारी बजार पठाउन नसक्दा बारीमै कुहिने अवस्थाको सडक आएसँगै अन्त्य भएको युवा कृषक मित्रलाल गौतमले जानकारी दिनुभयो । भौगोलिकरूपमा गलकोट नगरपालिकाको केन्द्र हटिया बजारबाट धेरै टाढा नभए पनि सानो बस्ती भएका कारण यहाँ हालसम्म सडकको पहुँच पुग्न सकेको थिएन । 

सङ्घीय सांसद देवेन्द्र पौडेलको क्षेत्र विकास कोषको रु १० लाख र गलकोट नगरपालिकाको रु चार लाख ५० हजार लागतमा बरेखानीमा सडक पुर्याइएको हो । भौगोलिक हिसाबले धेरै टाढा नभए पनि हालसम्म सडकको पहँुच पुग्न नसकेको बरेखानीमा बजेट अभावका कारण यसअघि सडक गाउँ नपुग्दै अलपत्र परेको थियो । “अहिले सडकको ट्र्याक खोल्ने, ग्याविन लगाउने, पाइप राख्ने तथा कच्ची नाली निर्माण गरिएको छ”, मित्रलाल गौतमले भन्नुभयो, “केही थप बजेट भएमा दैलोमै सवारी आउनेछ, कृषि उपजलाई बजार पठाउन सहज हुनेछ ।”

कृषिगाउँका रूपमा परिचित बरेखानी गाउँमा पहिले २० घर थिए । राज्यको उपेक्षा, अभाव र असुविधाका कारण बसाइँसराइ बढ्दै गएपछि अहिले आठ घरमा मात्र मानिस बस्दै आएका छन् । सबैले तरकारी उत्पादन गर्ने भएका कारण यस गाउँलाई तरकारी गाउँका रूपमा समेत चिनिने गरिएको छ । “गलकोटको अन्य भागमा भन्दा यहाँ धेरै मात्रमा तरकारी उत्पादन गर्न सकिन्छ”, अर्का कृषक लीलाम्बर गौतमले भन्नुभयोे, “बोकेर तरकारी बेच्न नसकिने अवस्था थियो, अब सडक आएको छ, निकै सहज हुनेछ ।”

नगरपालिका भए पनि दुर्गमजस्तो लाग्ने बरेखानीमा विद्यालयसमेत छैन । विसं २०४० मा स्थापना भएको प्राथमिक विद्यालय विद्यार्थीको अभावमा चार वर्ष अगाडि बन्द भएको छ । पैदलयात्रामार्फत गाउँ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समयभन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो आएपछि सडकको पहुँच पुर्याउन लामो समय लागे पनि अहिले आएर सफल भएको गलकोट नगरपालिकाले जनाएको छ । बरेखानीका आठ घरपरिवारले अहिले काउली, बन्दा, अदुवा, गाँजर, मुला, गोलभेँडा उत्पादन गर्दै आएका छन् । बरेखानीका प्रत्येक घरमा व्यावसायिक मौरीपालनसमेत गरिँदै आएको छ । 

वर्षेनी सडक पुर्याउनका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि भौगोलिक समस्याका कारण सडक विस्तारका लागि हाल ट्र्याक खोल्न सफल भएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । वर्षेनी सडकमा लगानी गर्दासमेत नमिलेको भूबनोटका कारण हालसम्म सडक पु¥याउन सकिएको थिएन । अहिले झण्डै एक किलोमिटर नयाँ ट्र्याक तथा ५०० मिटर पुरानो सडक मर्मतपछि गाउँमा सडक पुगेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले