2026-09-13 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

५२ लाखभन्दा बढी राजस्व सङ्कलन

साउन ३, वालिङ। गत आर्थिक वर्ष २०७६/७७ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ५२ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक तथा साधनलाई गरिएको कारवाहीबाट ५२ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख कर्णबहादुर चुनाराले बताउनुभयो ।

ट्राफिक प्रमुख चुनाराका अनुसार सबैभन्दा धेरै ट्र्याक्टर र मोटरसाइकल कारवाहीबाट २६ लाख २३ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । तीन हजार ९६६ ट्र्याक्टर र मोटरसाइकल कारवाहीमा पर्दा २६ लाख २३ हजार पाँच सय, एक हजार ८२४ जीप, कार, भ्यानबाट ११ लाख ६३ हजार पाँच सय, एक हजार २७१ बसबाट आठ लाख ४० हजार र ९३१ ट्रकबाट पाँच लाख ८८ हजार पाँच सय गरी सात हजार ९९२ सवारीसाधन कारवाहीमा पर्दा उक्त राजस्व सङ्कलन भएको हो ।

आव २०७५/७६ मा ट्राफिक प्रहरीले ७२ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा कोभिड–१९ को बन्दाबन्दीका कारण राजस्व सङ्कलनमा करीब २९ प्रतिशतले कमी भएको ट्राफिक प्रमुख चुनाराले बताउनुभयो । 

गत आर्थिक वर्षमा स्याङ्जामा भएका १५ वटा सवारी दुर्घटनामा चार पुरुष, तीन महिला र दुई बालबालिका गरी नौ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ । “सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी, गाडी चालक र स्वयं यात्रुहरु पनि सचेत हुनु जरुरी छ”, प्रमुख चुनाराले भन्नुभयो, “सबै पक्षले ट्राफिक नियम पालना गरेमा मात्रै दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण उपलब्धि हुनेछ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले