2026-09-13 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोकमार्गको टाउको दुखाइ बन्यो बोक्से

खेमराज गौतम । साउन ८, गलकोट। जिल्लाको ‘लाइफलाइन’ मध्यपहाडी लोकमार्गको बागलुङ–बूर्तिवाङ सडक पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । बागलुङ नगरपालिका–३ स्थित बोक्सेगैरामा मङ्गलबार बिहान खसेको पहिरोले अवरुद्ध बनेको लोकमार्ग बेलुका एकतर्फी सञ्चालनमा आएको थियो । भौगोलिक हिसाबले निकै जटिल तथा बलौटे माटोका कारण समस्याग्रस्त बोक्से बुधबार बिहानैदेखि पुनः अवरुद्ध भयो । दिनभर लोकमार्गले पहिरो खुलाउने काम गरे पनि असफल भयो । 

बोक्सेगैरामा वर्षौँदेखि पहिरो खस्ने, सडक हिलाम्य हुने र गाडी फस्ने समस्या छ । यसका बारेमा दैनिकजसो यात्रुले सुधार र स्तोरन्नतिका लागि पहल र दबाब दिइरहे पनि केही सुधार हुनसकेका छैन । यसबाट जिल्ला सदरमुकाम आसपासका नागरिकले मात्र होइन दूर मानिएका ढोरपाटन, निसिखोला र तमानखोलाका पक्की सडकमा सरर यात्रा गर्दै आएका नागरिकले समेत ठूलो सास्ती पाइरहेका छन् । 

पहिरो खुलाउनका लागि दिनभर पहल र प्रयास जारी राखिए पनि लगातारको वर्षाले पहिरो नरोकिएको र स्थानीयवासीबाट पहिरोको माटो फाल्ने कार्यमा अवरोध भएपछि समस्या भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो । “हामीले आवश्यक औजार र प्राविधिक खटाएका छौँ, पहिरो पन्छाउँदा सडकमुनिका बस्ती जोखिममा पर्ने गुनासो आएको छ”, थापाले भन्नुभयो “तत्कालै पहिरो हटाउन समस्या छ, पहिरोको माटो अन्तै लगेर फाल्न त दुई तीन दिन लाग्ला ।” 

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको लोकमार्ग बर्सातका कारण बाढी पहिरोले कतै भासिने र कतै कालोपत्र उक्किने र पुरिने गर्दा सवारी आवागमन असहज बनेको गलकोट नगरपालिका–७ मल्मका याम सुनारले गुनासो गर्नुभयो । सवारी हिलोमा फसेर सास्ती त भएकै थियो त्यसमाथि पटक–पटक अवरुद्ध हुँदा समस्या सिर्जना भएको छ । 

बोक्से मात्र हैन काठेखोला, गलकोट, बडिगाड, ढोरपाटन र निसिखोलाका विभिन्न स्थानमा पहिरो खस्ने गरेको छ । लोकमार्ग अवरुद्ध हुनासाथ एकतर्फी खुलाउने नीतिका साथ तत्कालै पहल भए पनि बोक्सेमा ठूलो समस्या आएको आयोजनाको भनाइ छ । बोक्सेको पहिरोले सडकमुनिका तीन घर पहिरोको उच्च जोखिममा परेको छ ।  

सडक माथिबाट आएको पहिरो पन्छाएर सडक तल फाल्दा घर नै पुरिने थालेकाले पहिरोको माटो अन्यत्र लगेर फाल्नुपर्ने स्थानीयवासी गीता रेग्मीले बताउनुभयो । “लोकमार्ग सञ्चालन नहोस् भन्ने हाम्रो चाहना होइन तर पहिरोको दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक छ”, रेग्मीले भन्नुभयो, “लोकमार्ग पन्छाउने निहुँमा घरमाथि माटो फाल्दा झनै समस्या भएको हो ।” पहिरो पन्छाउँदा घरको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ । लोकमार्ग सडक खण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको स्थानीयवासीको आरोप छ । 

बाढीको त्रासले जाग्राम बस्दै माझी बस्ती

अविरल वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रका बस्ती उच्च जोखिममा परेका छन् । बागलुङ तथा पर्वत जिल्लाको आसपासमा रहेका कालीगण्डकी किनारका माझी बस्ती पनि बाढीको उच्च जोखिममा परेका छन् । केही दिनदेखिको निरन्तर वर्षाले नदीहरूमा पानीको बहाव बढेको छ । 

कालीगण्डकी बहेको बागलुङ तथा पर्वत जिल्लाको तटीय क्षेत्रका माझी बस्तीका बासिन्दा नदीको बहाव बढेसँगै जाग्राम बस्न थालेका छन् । मालढुङ्गामा रहेको कालीगण्डकी किनारका माझी बस्ती बाढीको उच्च जोखिममा परेका कारण उच्च सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ ।

हिउँद र बर्खाको समयमा क्रसर सञ्चालक तथा बालुवा उठाउने ठेकेदारहरुले मनोमानी ढङ्गले डोजर चलाएर बालुवा झिक्ने गर्दा अहिले आफूहरुको बस्ती जोखिममा परेको माझी बस्तीका स्थानीय धनीकला थापाको गुनासो छ । 

“बाह्रैमास क्रसर व्यवसायीले कालीगण्डकी नदीमा ठूला औजारको सहायताले बालुवा निकाल्छन्, बर्खा लाग्यो भने बाढी जति हाम्रो घरमा आउँछ”, उहाँले भन्नुभयो, “सरकारले पनि रोक्दैन, घर बगाउँछ कि भन्ने चिन्ताले रात दिन सताउने गरेको छ ।” धनिकला थापाले भने जस्तै हिउँद र बर्सातको समय कालीगण्डकीमा बालुवा झिक्नेको भीड देखिन्छ । 

यसतर्फ पर्वत तथा बागलुङ दुवै जिल्लाका प्रशासन मौन देखिन्छन् । पानी पर्दा बस्तीनै बगाउने डरले बेला बेलामा नदीको बहाव कति छ भनेर हेरिरहने र जाग्राम बस्ने गरेको स्थानीयवासी प्रकाश माझीको भनाइ छ । “साना–साना बच्चा छन्, रातभर पानी प¥यो भने उनीहरुलाई पनि सुत्न नदिई जाग्राम बस्ने गर्छौँ”, उहाँले भन्नुभयो “बस्ती तल बाढी र बस्ती माथिबाट पहिरो आउने चिन्ताले बढी सताउने गरेको छ ।” हरेक वर्ष नदी किनारका बस्ती डुबानमा पर्नाका कारण जथाभावी नदीको दोहन गर्नु नै भएको स्थानीयवासी माझी समुदायको गुनासो रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले