2026-10-14 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एडिबीले सुदूरका चार शहरमा आधुनिक सडक बनाउँदै

साउन ११, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार वटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणको काम शुरु गर्दैछ । सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक स्तरोन्नति र ढल व्यवस्थापनका साथै फोहरमैला प्रशोधन केन्द्रको निर्माण हुन लागेको हो । 

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वय एकाइका उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले चारवटै शहरमा सडक र ढल, साइकल लेन, फुटपाथलगायत संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको जानकारी दिनुभयो । “फोहरमैला प्रशोधन निर्माणको काम भने जग्गा नपाउँदा केही ढिलाइ हुने भएको छ”, उहाँले भन्नुभयो, “सडक, ढल र केही ठाउँमा र्सौर्य बत्तीलगायतको काम भने तत्काल शुरु हुँदैछ ।” आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरका पाँच गल्लीको सडक स्तरोन्नति, ढल निर्माणका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मूलगेटसम्म नमूना सडक, सौर्य बत्ती जडान हुनेछन् ।

“शुक्लाफाँटाको गेटसम्म नमूना मार्ग बनाउन सौर्य बत्ती र पैदल मार्गलगायत संरचना बन्नेछन्”, उहाँले भन्नुभयो, “त्यसका लागि रु ८७ करोडमा ठेक्का सम्झौता भइसकेको छ ।” महेन्द्रनगरमा निर्माण हुने साढे १४ किलोमिटर सडकका लागि जेडआइइसी–लामा जेभीसित ठेक्का सम्झौता भइसकेको छ ।

निर्माणका लागि दुई वर्षको समयावधि तोकिएको छ । आयोजनाअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजार, नगरपालिकासम्मको सडक, नाली निर्माणका लागि रु २४ करोड रमक–केएस जेभीसित सम्झौता भएको छ । त्यसमा झण्डै पाँच किलोमिटर सडक र आठ किलोमिटर नाली तथा फुटपाथ निर्माण हुनेछ । उक्त निर्माण कम्पनीलाई २० महिनाको समय तोकिएको छ ।

त्यसैगरी कैलालीको गोदावरी नगरपालिकामा आयोजनाअन्तर्गत अन्यत्र झैँ सडक निर्माण, ढल र फुटपाथ निर्माण हुँदैछ । साढे १६ किलोमिटर सडक निर्माण र अन्य संरचनाका लागि नगरपालिकामा रु ४८ करोडको ठेक्का सम्झौता भएको छ । उक्त काम दुई वर्षभित्र पूरा गर्ने गरी कालिका कन्स्ट्रक्सनले जिम्मा पाएको आयोजनाले जनाएको छ ।

त्यसैगरी साढे १० किलोमिटर सडक तथा नाली निर्माणका लागि धनगढी उपमहानगरपालिकामा रु ७७ करोडको ठेक्का भइसकेको उपव्यवस्थापक बुढाथोकीले बताउनुभयो । “यहाँ सबै आयोजनाले शहरी विकास नाम दिएर सडक स्तरोन्नति र ढलको समस्या समाधान तथा सुन्दर शहर निर्माणलाई प्राथमिकता दिइएको छ”, उहाँले भन्नुभयो, “अब चाँडै कामले तीव्रता पाउनेछ ।”

त्यसैगरी धनगढी र भीमदत्त नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गाको टुङ्गा लगाइसकेका छन् भने गोदावरी र शुक्लाफाँटामा जग्गा प्राप्तिको प्रक्रियामा रहेको उहाँले बताउनुभयो । “जग्गा नपाउँदा पनि केही समय ढिलाइ हुन पुग्यो”, बुढाथोकीले भन्नुभयो, “शुक्लाफाँटा र गोदावरीले सामुदायिक वनको जग्गामा प्रशोधन केन्द्र बनाउने भनेर अगाडि बढेका छन् ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश