Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको मैनारी खोलामा बन्यो पुल, ३ सय परिवार खुसी

२०७७, १७ श्रावण शनिबार ०४:३९

माधव बेल्बासे | साउन १७, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिकाको विकट क्षेत्रको रुपमा रहेको मैनार गाउँमा रहेको मैनारी खोलामा पुल निर्माण भएको छ । संघिय सरकारको आर्थिक बर्ष २०७६/०७७ मा झोलुङ्गे ट्रस निर्माण कार्यक्रम अन्तर्गत रु ३८ लाख ७९ हजार ८ सय रुपैया लागतमा उक्त ट्रस(पूल) निर्माण भएको वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

शुक्रवार पुल उद्धघाट गर्दै मैनारी खोलामा पुल नहुँदा बर्षायाममा आवतजावत गर्न नसकिने अवस्था रहेकाले अब सहज हुने अध्यक्ष सापकोटाले बताउनुभयो । “पहिलो पटक निर्माण गरेको पुल सफल हुन सकेन,यस वर्ष सफल भएका छौ” अध्यक्ष सापकोटाले भन्नुभयो “स्थानियहरुको सहयोगले पुल निर्माण सफल भएको हो,।”

मैनारखोलामा गत वर्ष पुल निर्माण भएको र यस वर्ष चन्द्रौटा देखि मैनार गाउँ सम्मको सडक स्तरउन्नती गरिने सापकोटाले बताउनुभयो । थारु समुदायको बाहुल्यता रहेको मैनार,बुलकिया गाउँमा थारु होमस्टे संचालन गर्ने सकेमा पर्यटनको विकास हुने उहाँले बताउनुभयो ।

पुलको उद्घाटन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले पुल निर्माण पछि वडा नं. ३ अन्तर्गत मैनार र बुलाकीका गाउँका ३ सय बढि  घर परिवार लाभान्वित भएको बताउनुभयो । पुल नहुदाँ विरामी र सुत्केरीलाई समयमा अस्पताल पुर्याउन समस्या रहेकोले अब त्यो समस्याको समाधान भएको उहाँले बताउनुभयो । गाउँवासीलाई वडा कार्यालयमा समेत जान समस्या रहेको बताउदै पुल निर्माण पछि आवतजावतमा सजिलो हुने उपप्रमख चौधरीले बताउनुभयो ।


पुर्व पश्चिम राजमार्ग देखि झण्डै ५ किलोमिटर दुरीमा रहेको उक्त गाउँका नागरिकहरुलाई पुल नहुदा बजार आउन निकै समस्या रहेको स्थानिय आशाराम थारुले बताउनुभयो । सुत्केरी र विद्यार्थीहरुलाई समस्या रहेको थियो थारुले भन्नभयो बर्षाको बेला बजार जान नसक्ने अवस्था थियो ।  पुल बनेपछि मैनार बुलाकीया गाउँका विद्यार्थीहरु खुसी भएका छन । पानी परेको समयमा विद्यालय जान नसक्ने अवस्था अब टरेको भन्दै अबका दिनमा नियमित विद्यालय जान सकिने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा