2026-09-13 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिरोले बाटो भत्काउँदा भुइँकटहर बजार पुर्याउन समस्या

साउन २३, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली–५ बन्दीपुरमा उत्पादन भएको भुइँकटहरलाई बजारसम्म पुर्याउन समस्या भएको छ । विगतका वर्षमा भन्दा यस वर्ष यहाँ भुइँकटरको उत्पादन बढी भए पनि बिक्री वितरणका लागि समस्या भएको छ । 

विगतका वर्षमा बन्दीपुरमा उत्पादित भुइँकटहर स्थानीय बजार दलदले, केउरेनी, कावासोती तथा नारायणगढसम्म पुर्याउने गरिएको भए पनि यस वर्ष भने पहिरोले बाटो भत्काउँदा उत्पादनलाई बजारसम्म लैजान अप्ठ्यारो भएको वडासदस्य पदम गाहाले गुनासो गर्नुभयो । साउन पहिलो साता भएको निरन्तरको वर्षाले गाउँबाट बजारसम्म जाने बाटो अवरुद्ध भएर जनजीवनमा व्यापक समस्या देखिएको उहाँले बताउनुभयो । 

“अप्ठ्यारो बाटो हुँदै टाउकामा भारी बोकेर हिँड्दा पनि कतै रुख ढलेर किचिन्छ कि भन्ने डर छ”, गाहाले भन्नुभयो, “कतिले त डोकोमा बोकेर फेदीसम्म पुर्याएपछि अटोरिक्सामा बजार लैजाने गरेका छन्, तर सबैले बोकेर लैजान सक्ने अवस्था छैन ।” प्रतिगोटा रु ४०/५० मा गाउँबाटै बिक्री हुने भुइँकटहरलाई बजारसम्म ल्याउन बाटो अवरुद्ध भएपछि कतिपयले डोकोमा बोकेर कदमपुरसम्म ल्याउने गरेका छन् । कदमपुरबाट अटोरिक्साको सहायताले बजार क्षेत्रमा भुइँकटहर पुर्याउँदा खर्चिलो हुने र आम्दानी पनि कम हुने बन्दीपुरका खेम अछामीले बताउनुभयो । 

गाउँमा प्रतिगोटा रु ४०/५० मा बिक्री हुने भुइँकटर स्थानीय बजारमा भने रु १०० सम्म बिक्री हुने गरेको छ । देवचुली नगरपालिकाको केउरानी हुँदै बन्दीपुर पुग्ने सडक पहिरोका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको देवचुली–५ का वडाध्यक्ष शिव सापकोटाले बताउनुभयो । सडकमा गएको पहिरो हटाएर बन्दीपुरमा उत्पादित भुइँकटहरलाई बजारसम्म पु¥याउन पहल भइरहेको सापकोटाको भनाइ छ । 

सुगम जिल्ला भनेर चिनिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पहाडी गाउँ बन्दीपुरका बासिन्दालाई हरेक वर्षाको समयमा बाटोको कारणले समस्या उत्पन्न हुने गरेको छ । वर्षाका कारण सडक अवरुद्ध हुँदा कृषिजन्य सामग्री ढुवानीमा समस्या हुनुका साथै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन कठिन हुने गरेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । बन्दीपुरमा गाउँभरि नै व्यावसायिकरूपमा भुइँकटहर खेती हुने गरेको छ । देवचुलीको बन्दीपुर भुइँकटहरको पकेट क्षेत्रसमेत हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले