२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भदौ १ देखि घरबास सञ्चालनमा

२०७७, २५ श्रावण आईतवार ०७:५४

साउन २५,नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्वमा रहेका घरबास आगाममी भदौ १ गतेदेखि मात्रै खुल्ने भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को त्रासका कारण बन्द गरिएका यहाँका घरबास आवश्यक सावधानीसहित भदौदेखि मात्रै खुल्ने भएका हुन् ।

करीब चार महिनाको बन्दाबन्दीपछि यही साउन १५ गतेदेखि होटल खुला भइसकेका अवस्थामा जिल्लामा सञ्चालित घरबाससमेत खोल्ने तयारी गरिएको होमस्टे एसोसिएसन नेपालका केन्द्रीय महासचिव एवम् अमलटारी मध्यवर्ती सामुदायिक ग्रामीण होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताउनुभयो । लामो समयदेखि ठप्प पर्यटकीय गतिविधिलाई घरबास सञ्चालनमा ल्याएपछि पुनः चलायमान बनाउन मद्दत गर्ने मर्दनियाको भनाइ छ ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिकादेखि विनयी त्रिवेणी गाउँपालिकासम्म नारायणी नदी किनारमा मात्रै ११ सामुदायिक घरबास दर्ता भएर सञ्चालनमा छन् । घरबास स्वरोजगार हुने माध्यम भएकाले थप परिमार्जन गर्दै सञ्चालन गर्न तयारी भइरहेको होमस्टे एसोसिएसन नवलपुरका अध्यक्ष रिमबहादुर आलेले बताउनुभयो । साउन १५ पछि केही घरबास खुला गरिए पनि पर्यटकको चहलपहल नहुँदा बाँकी सबै  भदौ १ देखि मात्रै खोल्ने तयारी गरिएको आलेको भनाइ छ ।

देवचुली नगरपालिका–१७ को पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष जनकबहादुर महतोले अझै पनि समुदायमा कोरोनाको त्रास कायमै रहेकाले घरबास खोले पनि पर्यटक नआउने हुन् कि भन्ने चिन्ता लागेको बताउनुभयो । यहाँका घरबासमा आउने अधिकांश पर्यटक सामुदायिक वनमा हात्ती सफारी, जीप सफारी तथा पदयात्राका लागि आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालित यहाँका घरबासमा आउने पर्यटकले विश्वकै दुर्लभ एकसिङ्गे गैँडा सजिलै अवलोकन गर्न पाउने अमलटारी होमस्टेका अध्यक्ष मर्दनियाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने