Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी पुष्पलाल लोकमार्गमा जोखिमै जोखिम

२०७७, २६ श्रावण सोमबार ०६:४६

साउन २६, बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ । नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् ।

नयाँ–पुराना पहिराले सडक कुरुप बनेको छ । कालोपत्र उप्केको छ । सडकभर खाल्डाखुल्डी छन् । यात्रामा पाइलैपिच्छे जोखिम छ । यसपालिको अधिक वर्षाले त झन सडकलाई क्षतविक्षत तुल्याएको छ ।

गलकोट नगरपालिका–१ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ । जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा उच्च जोखिम छ । जम्दारेको घुम्तीमा सडक भाँसिएपछि ठूला सवारी वारपार गर्न सक्ने स्थिति छैन । साँघुरिएको सडकमा बल्लतल्ल साना सवारी चल्छन् । “गाडी चलाउने जस्तो बाटै छैन, नचलाउँ किस्ता कसरी तिर्ने ?”, जीप चालक राजेन्द्र विकले भन्नुभयो । कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रँदै गएको उहाँको भनाइ छ ।

यस वर्षायाममा सडक झन बिग्रिएको उहाँले बताउनुभयो । लगातारको वर्षाले जमिन गलेपछि सडक भाँसिएको वडा नं २ का अध्यक्ष हेमन्त भण्डारीले सुनाउनुभयो । “ठाउँठाउँमा पहिरा खस्ने र सडक भाँसिने भएपछि लोकमार्ग जोखिमयुक्त बनेको छ ।” नगरपालिकाका प्रवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो ।

तत्काललाई पहिरा पन्छाएर यातायात सञ्चालन गर्ने गरिएपछि दीर्घकालीनरुपमा सडक सुरक्षाको काम हुन सकेको छैन । “राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र मर्मत, सुधारमा खासै ध्यान गएको देखिन्न ।” अध्यक्ष भण्डारीले गुनासो गर्नुभयो ।

नाली सफाइ नहुँदा बढी समस्या निम्तिएको उहाँको भनाइ छ । केन्द्रीय आयोजना भएको हुँदा स्थानीय तह लोकमार्गप्रति उदासिन छन् । सामान्य मर्मत सम्भारका काम पनि आयोजनालाई देखाएर पन्छिने प्रवृत्ति छ । 

सडक भाँसिएको ठाउँमा थप क्षति हुनबाट रोक्नबाहेक तत्काल अरु केही गर्न नसकिने लोकमार्ग आयोजनाले जनाएको छ । “सामान्य पटके मर्मतले हुने अवस्था छैन, पुनः ठेक्का गरेर बृहत् मर्मत सुधार गर्नुपर्छ ।” आयोजनाका इञ्जिनीयर उज्जवल शर्माले भन्नुभयो । आउँदो हिउँदमा काम अगाडि बढ्ने उहाँको भनाइ छ । घोडाबाँधे–हटिया खण्डको पूरै सडक पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको इञ्जिनीयर शर्माले बताउनुभयो । “सडक धेरै ठाउँमा बिग्रेको छ, फेरि ठेक्कामार्फत काम गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “आयोजनाले विभागमा बजेट माग गरेको छ, छिट्टै काम शुरु हुन्छ ।”

उक्त खण्डमा शुरुदेखि नै पहिराले सडक बिगारेको इञ्जिनीयर शर्माले उल्लेख गर्नुभयो । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले पनि सडक भाँसिने, पहिरा जानेजस्ता समस्या निम्तने गरेको उहाँको भनाइ छ । लोकमार्गले जिल्लामा १४२ किमी दूरी समेट्छ । घोडाबाँधे–हटिया खण्डमा सबैभन्दा शुरुमा कालोपत्र भएको थियो । बागलुङ बजारदेखि घोडाबाँधे जोड्ने २५ किमी सडक अझै कच्ची छ । हटियादेखि पश्चिम अधिकांश खण्डमा पनि कालोपत्र सडक छ ।

मार्ग खुलको दुई दशक बित्दासमेत लोकमार्गको बागलुङ–घोडाबाँधे सडकखण्ड कालोपत्र हुन सकेको छैन । पटकपटक म्याद थप हुँदासमेत निर्माण कम्पनीले सडक कालोपत्र गर्न सकेको छैन । सदरमुकामसँगै जोडिएको सडक दूरावस्थामा छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू