2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइपीओमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? भदौ ३ देखि आउंदैछन् यी तीन कम्पनीको आइपिओ

साउन २९, काठमाडौं । भदौको पहिलो साता ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्न लागेका छन् । लिवर्टी इनर्जी कम्पनी, समाज लघुवित्त वित्त संस्था र  रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ पहिलो साता आईपीओमा जारी गर्न लागेका हुन् ।

लिवर्टी इनर्जी कम्पनीको सेयर भदौ ३ गतेदेखि र समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर भदौ ४ देखि सर्वसाधारण लगानीकर्ताको लागि खुल्दैछ । लिवर्टी इनर्जी कम्पनीको आईपीओमा भदौ ३ देखि ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिने सकिने छ । 

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ताका लागि आइपीओ खुला गर्न लागेको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्काशन गरिएकोबाट बाँकी रहेको १३ लाख १४ हजार ९३० कित्ता समेतसहित ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधरणका लागि जारी गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछ ।

कम्पनीलाई क्रेडिट रेडिट रेडिङ एजेन्सी इक्रा नेपालले ग्रेड ४ रेटिङ पाएको दिएको छ । आइपीओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

यस्तै समाज लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) मा लगानीकर्ताले भदौ ४ देखि ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने छ ।

संस्थाले ८६ लाख रुपैयाँको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँका दरले ८६ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । ८६ हजार कित्तामध्ये कर्मचारीको लागि १ हजार कित्ता, सामूहिक लगानी कोषका लागि ४ हजार ३ सय कित्ता सेयर छुट्याइएको छ भने सर्वसाधारणले ८० हजार ७ सय कित्ताका लागि मात्रै आवेदन दिन सक्नेछन् । न्यूनतम १० देखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

संस्थाको आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र त्यसको शाखा कार्यालय तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । संस्थाको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । संस्थाको आईपीओलाई कियर रेटिङ नेपालले कियर एनपी बी प्लस रेटिङ दिएको छ ।

यस्तै जीवन बीमा कम्पनीतर्फ रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा पनि लगानीकर्ताले भदौ ४ देखि ८ गतेसम्म आवेदन दिन सक्नेछ । इन्स्यारेन्सको प्रतिकित्ता १ सय रुपैयाँका दरले ६३ करोड रुपैयाँको ६३ लाख कित्ता सेयर सेयर आउन लागेको हो ।

इन्स्यारेन्सको ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ भने ५६ लाख ७० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको आइपीओमा न्यूनतम १० देखि ६३ हजार कित्तासम्म आवेदन दिन सकिनेछन् । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । इन्स्योरेन्सको आईपीओमा लगानीर्ताहरुले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था, त्यसको शाखा कार्यालय र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सकिनेछ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही