साउन ११, म्याग्दी । आव २०७२÷७३ मा घरजग्गाको कारोबारबाट रु एक करोड ४८ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ । 

जिल्ला मालपोत कार्यालयका अनुसार गत आवमा एक हजार १८१ वटा घरजग्गाको रजिस्ट्रेसन पास भएको थियो । कार्यालयका नासु दयाराम पौडेलले गत आवम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, म्याग्दी । आव २०७२÷७३ मा घरजग्गाको कारोबारबाट रु एक करोड ४८ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ । 

जिल्ला मालपोत कार्यालयका अनुसार गत आवमा एक हजार १८१ वटा घरजग्गाको रजिस्ट्रेसन पास भएको थियो । कार्यालयका नासु दयाराम पौडेलले गत आवम"/>

2026-07-25 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घरजग्गा कारोबारबाट डेढ करोड राजस्व सङ्कलन

साउन ११, म्याग्दी । आव २०७२/७३ मा घरजग्गाको कारोबारबाट रु एक करोड ४८ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ । 

जिल्ला मालपोत कार्यालयका अनुसार गत आवमा एक हजार १८१ वटा घरजग्गाको रजिस्ट्रेसन पास भएको थियो । कार्यालयका नासु दयाराम पौडेलले गत आवमा ४७३ जनाले घरजग्गा आफ्नो नाममा दर्ता गर्दा रु २३ लाख ६२ हजार राजस्व छुट पाएका थिए । सरकारले महिला, दलित, अपाङ्ग र ज्येष्ठ नागरिकको नाममा जग्गा दर्ता गर्दा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेको छ । 

त्यस्तै चालु आवदेखि एकल महिलाको नाममा जग्गा दर्ता गर्दा ३५ प्रतिशत छुट दिने व्यवस्था लागू भएको छ । घरजग्गाको कारोबार गर्दा सरकारी मूल्याङ्कनअनुसार कुल कारोबार रकममध्ये नगरपालिका क्षेत्रमा चार र ग्रामीण क्षेत्रमा दुई प्रतिशत राजस्व तिर्नुपर्छ । 

यसैबीच पछिल्लो समय म्याग्दीमा बैंक, वित्तीय संस्था र सहकारीमा जग्गा धितो राखेर ऋण लिने क्रम बढेको छ । मालपोत कार्यालयको तथ्याङ्कमा गत आवमा एक हजार ७१ जनाले घरजग्गा दृष्टिबन्धक राखेर ऋण लिएका छन् । बैंक, वित्तीय संस्था र सहकारीमा घरजग्गा दृष्टिबन्धक राखेर ऋण लिँदा व्यक्तिको भन्दा सस्तो र सजिलो हुन्छ । बैंकहरुबीचको प्रतिस्पर्धा र ग्रामीण क्षेत्रमा वित्तीय सेवा विस्तार हुन थालेपछि घरजग्गा दृष्टिबन्धक राख्ने सेवाग्राही बढ्दै गएको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद शर्माले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक