2026-09-13 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दमौली अस्पताल स्तरोन्नतिका लागि जग्गा माग

भदौ १, दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ । अस्पतालका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइदिन जिल्ला सभाले निर्णय गरेपछि बसेको सर्वपक्षीय बैठकले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको केही रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको हो ।

जिल्ला सभाले दमौली अस्पतालसँगै जोडिएका कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइदिन निर्णय गरेको थियो । सो जग्गाको स्वामित्व प्रदेश सरकार मातहत रहेकाले जग्गा माग गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष अनुरोध गर्ने निर्णय गरेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले दिनुभयो । “दमौली अस्पतालको स्तरोन्नतिका लागि जिल्लाका सबै सरोकारवाला एकमत छन्, अस्पतालको स्तरोन्नतिका लागि कृषि र पशुको जग्गा आवश्यकता भएको हो,” अध्यक्ष अधिकारीले भन्नुभयो, “त्यो जग्गा अस्पताललाई दिनपर्छ भनेर दबाब सिर्जना गर्न मुख्यमन्त्रीसँग भेट्न जाने निर्णय भएको छ ।”

जिल्ला सभाले जिल्ला समन्वय समितिको स्वामित्व भएको दमौली पार्कभन्दा उत्तर र दक्षिणतर्फका जग्गाहरु अस्पतालको स्तरोन्नतिका लागि उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको थियो । जिल्ला सभाले गरेको निर्णयका जग्गाहरुमा अस्पतालको स्तरोन्नतिका लागि विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) बनाउने तयारी गरिएको छ । अस्पतालको स्तरोन्नतिका लागि डिपिआर तयार गर्न गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ३५ लाख बजेट विनियोजन गरेको थियो ।

जम्मा १५ शैय्याको दमौली अस्पताल मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शैय्याको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अध्यक्ष अधिकारीले अस्पताल स्तरोन्नति गर्न सकिए विशेषज्ञसहितको सेवा दिन सकिने बताउनुभयो । हाल यस अस्पतालबाट ४२ शैय्यामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसुतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुनेछ । दमौली अस्पतालमा सरकारी तर्फका १८ र अस्पताल व्यवस्थापन समितिबाट १८ करारमा कर्मचारी कार्यरत छन् । 

अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याबोरोटरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो । विसं २०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलोसिस सेवा शुरु गरिएको, २०७३ सालमा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा २०७४ सालमा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले