Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पर्वतको कुश्मामा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ११, काठमाडौं। ग्लोबल आईएमई बैंकले कुश्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउन्टरको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख नवराज सापकोटाले उद्घाटन गरे ।

बैंकले सेवाग्राहीको बढ्दो चापर विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले मालपोत कार्यालयअन्तर्गतका सेवाग्राहीलगायत अन्य ग्राहकलाई सेवा प्रदान गर्ने प्रयोजनार्थ काउन्टर सुरु गरेको जनाएको छ ।

ग्लोबल आईएमई बैंकले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा कार्यालय, २३४ एटीएम, ४२ एक्स्टेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २१८ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत २० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।