2026-09-13 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निषेधाज्ञाको मारमा व्यवसायी

भदौ १४, वागलुङ । तीन महिनासम्म नराम्ररी थलिएको व्यापार÷व्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो । ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने आशा जाग्दै थियो । पूर्ववत् स्थितिमा झैँ कारोवार नभए पनि पसलको खर्च र कर्मचारीको व्ययभार थामिँदै थियो तर निषेधाज्ञाका कारण पुनः एकाएक बजार बन्द भयो । 

बन्दाबन्दीपछि बौरन लागेको व्यवसायमा फेरि मार थपियो । कोरोना सङ्क्रमणको त्रासले व्यवसाय बन्दाबन्दीको पुरानै स्थितितिर फर्कियो । भोलि सोमबार बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी भएको दुई साता पुग्दैछ । यस बीचमा बागलुङ नगर क्षेत्रमा कोरोना सङ्क्रमित थपिएका छन् । समुदायमा सङ्क्रमण फैलनबाट रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ७–९ बजेको समय छुट्याइएको छ । बाँकी समय बजार ठप्प छ । आवातजावतमा समेत रोक लगाइएको छ ।

निषेधाज्ञाकै बीच कोरोना सङ्क्रमण पूरै नियन्त्रणमा आउने छाँटकाँट छैन । नयाँनयाँ सङ्क्रमति थपिँदै जाँदा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने स्थिति हुन्छ । त्यसबाट नयाँ सङ्क्रमित पत्ता लाग्ने सम्भावना उत्तिकै हुन्छ । यो चक्र लामो सयमसम्म चल्छ । के अब निषेधाज्ञा थपिनै रहने कि, नयाँ विकल्पमा जाने ? भन्ने प्रश्न उब्जेको छ ।

बजार बन्द हुँदा काम गरी खाने वर्ग र व्यवसायी चर्को मारमा छन् । महामारीबाट बच्न निश्चित समयलाई ‘सटर’ बन्द गर्न तयार व्यवसायी यही अवस्था लम्बिँदै गएमा विकल्प खोज्नुपर्ने मनस्थितिमा पुगेका छन् । जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराएर बजार खोल्नुपर्ने धारणा व्यवसायीको छ ।

“निषेधाज्ञा जारी भएको पनि दुई साता पुग्दैछ, अब लामो समयसम्म बजार बन्द गर्न सम्भव छैन, नयाँ विकल्पमा जानुपर्छ”, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले भन्नुभयो । उहाँले मापदण्ड र सुरक्षाका सबै उपाय अपनाउन व्यवसायी तयार रहेको उल्लेख गर्नुभयो । “जिल्ला प्रशासन कार्यालयबाट पनि मापदण्ड बनाएर ल्याउन अनुरोध आएको छ, अबको बैठकमा त्यो विषय हामी राख्छौँ”, उहाँले भन्नुभयो, “बरु नयाँ विधि बनाएर व्यवसाय सञ्चालन गर्नुपर्छ, भाडामा व्यवसाय गर्नेहरु सबैभन्दा ठूलो समस्यामा हुनुहुन्छ ।”

अध्यक्ष राजभण्डारीले किराना, फेन्सीलगायतका पसल आलापालो गरेर पनि सञ्चालन गर्न सकिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने निषेधाज्ञा थपघटबारे अहिले नै केही भन्न सकिने स्थिति नरहेको बताउनुभयो । “सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने, स्वाब सङ्कलन गर्ने काम भइरहेको छ, थप रिपोर्टहरु कस्तो आउँछ”, प्रजिअ न्यौपानले भन्नुभयो, “केही दिन अझै बाँकी छ, परिस्थिति हेरेर निषेधाज्ञाबारे थप निर्णय हुन्छ, अहिले यसै भन्न सकिन्न ।” यसअघि बडिगाड गाउँपालिकामा पनि एक साता निषेधाज्ञा जारी गरिएको थियो । 

सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्यमा सङ्क्रमण नदेखिएपछि गत ७ गतेदेखि निषेधाज्ञा हटाइएको थियो । यस्तै काठेखोला गाउँपालिका कार्यालय पनि बिहीबारदेखि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये २६१ निको भएका छन् भने ३० जना आइसोलेसनमा छन् । कोरोनाका सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले