Tuesday, 14 Jul 2026
• About Us
• Blog
• Buzzstream Home
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
Subscribe
Sajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• राजनीति
• बैदेशिक रोजगार
• अर्थ/विकास
• समाज
• विश्व
• खेलकुद
• Read History

• काठमाडौँ - KTM
• समाज
• राजनीति
• मुख्य समाचार
• अर्थ/विकास
• विश्व
• पत्रपत्रिकाबाट
• खेलकुद
• बैदेशिक रोजगार
• पर्बत - PBT
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• विश्व
• Home
• Home
• Read History
• Read History
• अर्थ/विकास
• अर्थ/विकास
• अर्थ/विकास
• विश्व
• विश्व
• विश्व
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• Login
• Login
• Blog
• Blog
• Contact
• Contact
Search
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > कोशी प्रदेश > झापा - JP > अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण, कछुवालाई राख्न छुट्टै क्वारेन्टिन
अर्थ/विकासझापा - JP

अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण, कछुवालाई राख्न छुट्टै क्वारेन्टिन

साझासवाल
Last updated: September 2, 2020 9:53 am
साझासवाल
Share
SHARE

सुरेन्द्र भण्डारी । भदौ १७, सुरुङ्गा । झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिएको छ । विश्वमा नै अतिसङ्कटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ वर्षअघिदेखि उद्धार गरेर संरक्षणको कार्य शुरु गरेका कारण यो नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिन पुगेको हो ।

पानी र जमिन दुवै ठाउँमा बस्नसक्ने कछुवा उभयचर जीव हो । प्रकृतिको सर्वाधिक पुरानो जीवधारी मानिने कछुवा सरिसृप वर्गमा पर्छ । यसलाई अहिले अर्जुनधारा नगरपालिकामा संरक्षण गरेर राखिएको छ । सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र आठ प्रजातिका ४० भन्दा बढी कछुवालाई संरक्षण गरेर राखिएको टिआरसिसी टटल्स क्लवका कार्यक्रम निर्देशक समीर अधिकारीले बताउनुभयो ।

उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (एआरसीओ, आर्को) को सहयोगमा सन् २०१२ बाट समुदायमा आधारित भएर यहाँ कछुवा संरक्षण कार्यक्रम शुरु गरिएको र सोही कार्यक्रममार्फत कछुवा संरक्षणको काम थालिएको हो । टटल्सका कार्यक्रम निर्देशक अधिकारीले यस ठाउँमा अहिले कछुवाको प्रजनन् समेत हुँदै आएको जानकारी दिनुभयो ।

प्रतिष्ठानले तीन बिघा क्षेत्रमा ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’ सञ्चालनमा ल्याएको छ । जहाँ विश्वमा दुर्लभ मानिएका कछुवालाई संरक्षण गरेर राखिएको छ । कछुवा संरक्षण तथा प्रजनन केन्द्रमा राखिएका कछुवामध्ये झापाको टाङटिङ, बिरिङ खोलामा मात्र पाइने लोपोन्मुख ध्वाँसे–कडे–पाते कछुवासहित चार प्रजातिका अतिसङ्कटापन्न कछुवा र विदेशमा मात्रै पाइने रातो काने कछुवा यहाँ राखिएको टटल्सका कार्यक्रम निर्देशक अधिकारीले बताउनुभयो ।

संरक्षण केन्द्रमा राखिएको कछुवामध्ये ठोटरी प्रजाति एक हो । ठोटरी अर्थात् विश्वमा नै अति सङ्कटापन्न अवस्थामा रहेको यो प्रजातिको कछुवा विशेषगरी सालसँग सम्बन्धित जङ्गलमा मात्रै बस्न रुचाउने गर्छ अधिकारीले भन्नुभयो, “यो कछुवा विशेषगरी मध्य पहाड र तराइमा पाइन्छ, यो कछुवालाई मानिसले मासुका लागि घरमासमेत पाल्ने गरेका छन् । मासुका लागि प्रयोग भएका कारण यो प्रजातिको कछुवा विश्वमै लोप हुँदै गयो ।”

केन्द्रमा संरक्षण गरेर राखिएको आर्को प्रजातिको कछुवा हो– नरम खवटे । यो कछुवा वर्षायाममा धेरै देखिने गरिएको छ । यसलाई टिकटिके पनि भन्ने गरिन्छ । यो प्रजातिको कछुवा पानीमा बस्न रुचाउने गर्छ । त्यस्तै केन्द्रमा संरक्षण गरिएको अर्काे प्रजाति हो– पहेँलो धुरे । पहेँलो धुरे कछुवासँगै यहाँ भारतीय धुरे कछुवा समेत संरक्षण गरेर राखिएको छ ।

कछुवा संरक्षणका लागि प्रतिष्ठानले सानाठूला पोखरी, खुल्ला ठाउँ, सुरक्षित घेराबारा, बोटबिरुवा रोपण गरेको छ । जहाँ झापाका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका कछुवालाई छाडिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताउनुभयो ।

पर्यावरण सन्तुलन राख्न कछुवाको भूमिका महत्वपूर्ण रहन्छ अर्जुनधारा नगरपालिका प्रमुख रानाले भन्नुभयो, “यहाँ आठवर्षदेखि कछुवा संरक्षण गरेर राखिएको छ । कछुवाको संरक्षका लागि शहीद सुखानी स्मृति प्रतिष्ठानले व्यवस्थापन गरेपनि नगरकोसमेत सहयोग छ ।”

कछुवा संरक्षणका लागि नगरले हरेक वर्ष बजेटसमेत विनियोजन गर्दै आएको र कछुवा संरक्षण गरेकै कारण शहीद सुखानी स्मृति प्रतिष्ठानमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेकाले गत वर्ष यो नगरलाई कछुवा संरक्षित नगर घोषणा गरिएको नगरप्रमुख रानाको भनाइ छ । अर्जुनधारामा ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’ सञ्चालनमा आएदेखि जिल्लाको मेची बहुमुखी क्याम्पस, विराटनगर, चितवन, काठमाडौँ, धनगढीलगायतका स्थानबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । अहिले पनि दुई जना विद्यार्थीले कछुवाकै विषयमा विद्यावारिधि गरिरहेको प्रतिष्ठानले जनाएको छ ।

प्राणीशास्त्रीहरूले कछुवालाई मुख्यतः तीन भागमा बाँडेर अध्यायन गर्ने गरेको मेची बहुमुखी क्याम्पसका जीवविज्ञानका प्राध्यापक डा कालुराम खम्बूले बताउनुभयो । उहाँका अनुसार पहिलोमा समुद्री (टर्टल) कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा (टेरापिन) र तेस्रो जमीनमा पाइने कछुवा (टारटायस) पर्दछ ।

मानिसकोभन्दा झण्डै दोब्बर आयु भएको कछुवाले एकपटकमा चारदेखि नौ वटासम्म अण्डा पार्ने गरेको उहाँको भनाइ छ । अण्डा पारेको १७० दिनको हाराहारीमा उपयुक्त वातावरण हुँदा अण्डा कोरल्ने गरेको बताइन्छ । विश्वमा रहेका ३६५ प्रजातिका कछुवामध्ये नेपालमा १८ प्रजातिका कछुवा पाइने उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (आर्काे) ले जनाएको छ ।

विश्वमा ५० र नेपालमा ५८ प्रतिशत कछुवा लोपोन्मुख अवस्थामा रहेको कछुवासम्बन्धी अध्ययनमा विद्यावारिधि गर्नुभएका केन्द्रका प्रमुख संरक्षक आर्काे नेपालका प्रतिनिधि तपिलप्रकाश राईले बताउनुभयो । नेपालमा पहिलो पटक सन् १९९८ मा जर्मन नागरिक प्राध्यापक डा हर्मनस्लेकले कछुवाको अध्ययन गरी चितवनको राष्ट्रिय निकुञ्जमा कछुवाको संरक्षण शुरु गर्नुभयो । त्यसपछि नेपालमा अहिलेसम्म दोस्रो र ठूलो क्षेत्रफलमा सहिद सुखानी स्मृति प्रतिष्ठानमा कछुवा संरक्षण केन्द्र सञ्चालनमा छ ।

कछुवा संरक्षण केन्द्र सञ्चालनमा आएसँगै कछुवाको संरक्षणका लागि टटल्स क्लवका पदाधिकारीले अहिले विभिन्न १२ जिल्लामा ७० जनाले कछुवा संरक्षणका लागि चेतना फैल्याउँदै आएका छन् ।

कछुवालाई राख्न छुट्टै क्वारेन्टिन

अर्जुनधारा नगरपालिकामा कछुवालाई राख्नका लागि छुट्टै क्वारेन्टिको व्यवस्था गरिएको छ । ‘कछुवा संरक्षण तथा प्रजनन् केन्द्र’ को हाताभित्र उद्धार गरेर ल्याइएका कछुवालाई शुरुमा छुट्टै क्वारेन्टिमा राख्ने गरिएको र निरोगी भएको प्रभाणित भएमात्रै खुला छाड्ने गरिएको प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईले बताउनुभयो । कुनै न कुनै माध्यमबाट यहाँ उद्धार गरेर ल्याइएका कछुवालाई शुरुमा क्वारेन्टिनमा राखेर मात्रै खुल्ला रुपमा छाडिन्छ भट्टराईले भन्नुभयो, “बिरामी अवस्थाको कछुवा भए उपचार गरेर पूर्ण रुपमा निरोगी बनाएर मात्रै छाड्छौँ ।”

“प्रतिष्ठानको हाताभित्र बनाइएको क्वारेन्टिनमा बच्चालाई समेत राख्ने गरिएको छ । कछुवाका अण्डा भेला गर्दै प्रतिष्ठानमा तयार गरिएको ‘इन्क्युवेटर’मा राखेर उपयुत्त तापक्रम दिएपछि अण्डा कोरलिन्छ त्यसपछि कछुवाका बच्चालाई पनि क्वारेन्टिनमा राखिन्छ र हेरचाह गरिन्छ”, टटल्स क्लबका निर्देशक अधिकारीले भन्नुभयो ।

संरक्षणका लागि ल्याइएका कछुवालाई बिरामी पर्दा उपचारमा भने समस्या हुने गरेको प्रतिष्ठानले जनाएको छ । टटल्सका कार्यक्रम निर्देशक अधिकारीका अनुसार कछुवासँग सम्बन्धित ‘भेटेरीनरी’ नभएका कारण कछुवा बिरामी हुँदा कछुवाको भित्री रोग या घाउ पत्ता लगाउन गाह्रो हुने गरेकोले अनुमानका भरमा औषधि गर्दै आइएको छ ।

“कछुवाको बाहिरी अवस्था हेर्ने, उसले खाए नखाएको छुट्याउने, उसको दिनचर्या कस्तो छ त्यो विचार गरेर मात्रै निरोगी कछुवा बिरामी भएको छुट्याउँदै आएका छौँ”, अधिकारीले भन्नुभयो । यसको छुट्टै भेटेरीनरी भएको भए सहज हुने उहाँहरुको भनाइ छ ।

चोरी शिकारीले लोप भए कछुवा

झापामा रहेका विभिन्न सिमसार क्षेत्रमा एक दशकअघिसम्म जताततै कछुवा देख्न सकिने गरेकोमा अहिले भने सबै कछुवा लोप भएका विर्तामोड– १ का पुराना बासिन्दा लक्ष्मण ढकालले भन्नुभयो । उहाँका अनुसार कछुवा लोप हुनुको मुख्य कारण चोरी सिकारी नै हो । “वर्षायाम शुरु भएसँगै जताततै देखिने कछुवा लोप हुनुको अर्काे कारण यसको संरक्षण नहुनु पनि हो”, ढकालले भन्नुभयो, “अरु जीवजन्तुजस्तो कछुवा छिटो भाग्न सक्दैन, त्यही भएर कछुवा मार्दैै मासु खाने प्रबृत्तिले कछुवा लोप भएका हुन् ।”

वविशेषगरी पहेँलो धुरो, नरम खपटे र ठोटरी कछुवा झापाका विभिन्न सिमसार तथा खोला किनारमा पाउन सकिन्छ । तर, चोरी सिकारीकै कारण कछुवा लोप भएका हुन् ढकालले भन्नुभयो ।

कछुवा मात्र होइन कृषिमा यान्त्रिकीकरणको बढ्दो प्रयोगले सरिसृप वर्गमा पर्ने अन्य धेरै जीवजन्तु नासिएर गएको ढकालको भनाई छ । खेतबारीमा अहिले धान रोप्ने समयमा ट्र्याक्टरको प्रयोग हुन्छ यसले धेरै सरिसृप र्वमा पर्ने जीवजन्तुलाई असर पर्दा मासिएर गए । जथाभावी जमिनमा विषादीको प्रयोगलेसमेत कछुवालगायतका जीवजन्तुलाई असर गरेको छ । कतिपय जीवजन्तु त आहारकै अभावमा मरेर जासिए ढकालले भन्नुभयो ।

अर्जुनधारा नगरपालिकमा कछुवा संरक्षणका लागि गरिएको प्रयासप्रति खुशी व्यक्त गर्दै ढकाले भन्नुभयो, “प्रकृति र मानवबीचमा वातावरणीय सन्तुलन कायम राख्न कछुवालगायतका धेरै जीवजन्तुको भूमिका उच्च हुन्छ यस्ता प्रजातिलाई संरक्षण गर्न सक्नुपर्छ ।” कछुवाले पानी शुद्ध राख्न अह्म भूमिका खेल्छ, पानीमा मरेका जीवजन्तुलाई खाएर पानी शुद्ध राख्ने कछुवा नै लोप भएपछि प्रकृति र मानवबीचमा पर्यावरण कसरी सन्तुलित हुन्छ ढकालको प्रश्न छ । जलवायु परिर्वतन र प्लाष्टिकजन्य फोहरका कारणसमेत कछुवालगायत सरिसृप वर्गमा पर्ने धेरै जीवजन्तु लोपहुँदै गएको वाल्मीकि एजुकेशन फाउण्डेशनमा प्राध्यापनरत ढकालको भनाइ छ । रासस

Share This Article
Email Copy Link Print
Previous Article सर्पपालन एवं एन्टी स्नेक भेनम उत्पादन गर्न रु ७२ करोड अनुदान
Next Article एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न निर्देशन
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

Your Trusted Source for Accurate and Timely Updates!

Our commitment to accuracy, impartiality, and delivering breaking news as it happens has earned us the trust of a vast audience. Stay ahead with real-time updates on the latest events, trends.
FacebookLike
XFollow
InstagramFollow
LinkedInFollow
MediumFollow
QuoraFollow
- Advertisement -
Ad image

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

सरकारद्वारा सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने घोषणा

By
kit
अर्थ/विकासकाठमाडौँ - KTM

सुनको मूल्य एकै दिन २ हजारले घट्यो

By
kit
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचाररुपन्देही - RPD

उत्पादनमा अनिवार्य एम.आर.पी लेवल लगाउनुपर्ने सरकारको निर्णयलाई उद्योग वाणिज्य संघको विरोध

By
साझासवाल

भगवतीको विव्यस अध्यक्षमा मोहन

By
साझासवाल
Sajha Sabal | sajhasabal.com
Facebook Twitter Youtube Rss Medium

About US

BuzzStream Live News: Your instant connection to breaking stories and live updates. Stay informed with our real-time coverage across politics, tech, entertainment, and more. Your reliable source for 24/7 news.
Top Categories
• About Us
• Blog
• Buzzstream Home
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Join Us
• Registration
• Login
• Login
• Member Login
• Password Reset
• Profile
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
Usefull Links
• About Us
• Blog
• Buzzstream Home
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Join Us
• Registration
• Login
• Login
• Member Login
• Password Reset
• Profile
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.