2026-07-25 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङको अवरुद्ध सडक डेढ महिनापछि पुनःसञ्चालन

भदौ २४, गलकोट । अविरल वर्षात्का कारण बागलुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे, रायडाँडा जाने सडक अवरुद्ध भएको डेढ महिनापछि पुनःसञ्चालन भएको छ ।   गत साउनको १ गते  तित्याङस्थित बुकेनीमा ठूलो पहिरो गएका कारण डेढ महिनादेखि साविकका तीन गाविस जोड्ने सडक अवरुद्ध भएको थियो । सडक भासिएर गएको पहिराले गर्दा निरन्तरको प्रयासपछि डेढ महिनापछि मात्रै सडक चलाउन सकिएको नगरपालिकाले जनाएको छ । 

लामो समय सडक अवरुद्ध हुँदा वैकल्पिक व्यवस्थापन गर्न नसकेको भनी नागरिकस्तरबाट गुनासो आएको थियो ।  बुकेनीमा खसेको पहिरो पन्छाएर सडक चलाउन नसक्ने भएकाले समय लागेको  तित्याङका वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । “प्राकृतिक विपत्तिलाई कसले सक्छ र ”, वडाध्यक्ष थापाले भन्नुभयो, “न माथि खन्ने ठाउँ थियो न तल,  ठूलो मेहनतका साथ सडक खुलाइएको छ ।” उक्त सडकको बैरेनी गैरा र बागलुङ–३ काठेखोलामा समेत ठूलो पहिरो गएको थियो । सबै पहिरो मर्मतपछि अहिले नियमित सडक पुनःसञ्चालन भइरहेको छ । 

भिरालो जमीन भएका कारण वैकल्पिक सडक निर्माण गर्न समेत नगरपालिकाले सकेको थिएन । साउनको पहिलो हप्ता जिल्लाका अधिकांश सडक वर्षा्तका कारण अवरुद्ध भएको र  पानी कम पर्न थालेपछि चले पनि तित्याङ, भकुण्डे र रायडाँडा जोड्ने सडक खुलाउन सकिएको थिएन । 

करीब रु  १० लाख खर्च गरेपछि अवरुद्ध सडक खुलाइएको वडा कार्यालयले जनाएको छ । सडक पुरानै अवस्थामा ल्याउन  भने झण्डै रु एक करोड खर्च लाग्नेछ । पहिराका कारण तित्याङ, भकुण्डे तथा रायडाँडामा खाद्य पदार्थ ढुवानी गर्न र  बिरामीलाई अस्पताल ल्याउनसमेत समस्या हुँदै आएको थियो । ढिलै भएपनि सडक चलेकाले जनतालाई सहज भएको छ । 

सात दिनदेखि अन्धकारमा ढोरपाटनवासी

जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते राति भुजीखोलामा आएको बाढीका कारण ठूलो जनधनमा क्षति पुगेको छ । बाढीका कारण मानवीय मात्रै नभई ठूलो मात्रमा भौतिक क्षति भएको छ । हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने त्यत्तिकै अझ बेपत्ता छन् । बाढीले ८० घर पूर्ण र ७१ घरसहित १७१ भौतिक संरचनामा क्षति पुगेको छ । 

 बाढीका कारण भुजीखोला  छेउमा रहेका ११ जलविद्युत अवरुद्ध छन् । कुनैमा आंशिक क्षति पु¥याएको छ भने केही जलविद्युत्गृह पूर्ण रुपमा बाढीले बगाएको छ । केहीको नहर भत्काएको छ । आफ्नो घरबार गुमाउँदा अँध्यारो मन भएका बाढीपीडित सात दिनदेखि अन्धकारमा रात काट्न बाध्य छन् । 

जिल्लामा जम्मा ५५ प्रतिशत केन्द्रीय विद्युतीकरण पुगे पनि विकटमा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् । खोला किनारमा रहेका जलविद्युत्गृहमा भुजीखोलाको बाढीले क्षति पुर्याएको छ । अवरुद्ध एक जलविद्युत् आयोजनाको मर्मतपछि सञ्चालनमा ल्याइएको छ भने अन्य आयोजना मर्मतका लागि स्वतस्र्फुत रुपमा अभियान थालिएको स्थानीयवासी विजय कायतले जानकारी दिनुभयो । अहिले ढोरपाटनको बोबाङ गाउँबाहेक अन्य अन्धकार भएको ढोरपाटन नगरपालिका–९का वडाध्यक्ष हरिबहादुर घर्तीले जानकारी दिनुभयो । 

भुजीखोलाको बाढीले द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँ अन्धकार भएको छ । बाढीका कारण मानवीय क्षति नभएको तर नगरपालिकाका ७ र ८ मा विद्युत् अवरुद्ध भएको छ । भुजीखोला किनारामा रहेका विद्युत्गृहमा बाढी पसेर ठूलो क्षति पुगेका कारण अन्धकारमा बस्नुपरेको  दुनेपधेराका घाइते बाढीपीडित छमेन्द्र पुनले बताउनुभयो । “बाढीले घरमा क्षति पुगेको छ, बारीमा त्रिपाल टाँगेर बस्दै आएका छौंँ”, पुनले भन्नुभयो “घर बाहिर बस्नुपर्ने पीडा त छँदैछ, त्यसमा न विद्युत् छ न मोबाइलको टावर छ ।” घरमै आएका स्वास्थ्यकर्मीले सामान्य उपचार गरे पनि थप उपचारका लागि बुर्तिवाङ जान नसकेको पुनको भनाइ रहेको छ । बाढीका कारण भुजिखोला पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ, नेपाने देउराली जलविद्युत् र  रुद्रताल लघुजलविद्युत् आयोजनासहित ११ जलविद्युत्मा क्षति पुगेको हो । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीग्रस्त क्षेत्रको अवलोकनपछि निजीरुपमा सञ्चालनमा आएका लघुजलविद्युत् आयोजनाको अवस्था हेरेर मर्मतमा सहयोग गरिने आश्वासन दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ