Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कामदार अभावमा पर्वतका सडक कालोपत्रको काम अलपत्र

२०७७, २४ भाद्र बुधबार ११:१६

भदौ २४, पर्वत । पर्वतमा सडक कालोपत्र गर्ने योजना अलपत्र परेको छ । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण जिल्लाका सडकहरूमा कालोपत्र गर्ने काम रोकिएको हो । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी जिल्लामा ४३ वटा सडक कालोपत्रको चरणमा छन् । लकडाउन शुरू भएसँगै भारतीय कामदार घर फर्किएपछि जिल्लाका ती सडकको काम रोकिएको सम्बन्धित आयोजनाले जनाएको छ । 

गत चैत ११ गतदेखि भएको लामो लकडाउनका कारण भारत तथा तराईबाट आएका सबै कामदार घर फर्किएपछि कालोपत्र गर्ने काम ठप्प बनेको निर्माण व्यवासायीहरुको भनाइ छ । गत आर्थिक वर्षभित्रै सक्ने गरी सम्झौता भएका आठ वटा सडक कालोपत्र हुन नपाएर रोकिएका छन् । तीमध्ये पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएका चिसापानी–हुवास (१० किलोमिटर), कुश्मा–दुर्लुङ (पाँच किलोमिटर), सिल्मी–कार्कीनेटा (साढे पाँच किलोमिटर) सडकको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको थियो । व्यवसायीले यी सबै सडक कालोपत्र गर्न तयारी अवस्थामा राखेका थिए । स्थिति सहज भएको भए सबैजसो सडक ठेक्का सम्झौता भन्दा झण्डै दुई महिनाअगावै सकिने व्यवसायीहरुको भनाइ छ । 

“लकडाउन नभएको भए सबै काम जेठभित्रै सकिन्थ्यो”, कुश्माको मुख्य सडक कालोपत्रको जिम्मा लिएका व्यवसायी दीपक श्रेष्ठले भन्नुभयो, “उतिबेला तयारी अवस्थामा राखेका धेरैजसो सामान कामै नलाग्ने भए । अब कामदार ल्याउन पनि मुस्किल छ ।” जिल्लाका सबै स्थानीय तहसम्म पुग्ने सडक कालोपत्र गर्न अघिल्लो वर्षदेखि सङ्घ, प्रदेश र स्थानीय तहले करोडौं रुपैयाँ बजेट विनियोजन गरेका थिए । पूर्वाधार विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कालोपत्रको चरणमा मात्रै ४३ वटा सडक छन् । ती सडकका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको करीब रु एक अर्ब ५० करोड भन्दा बढी बजेट छ । यो बजेट अघिल्लो र यो वर्ष निर्माणाधीन सडकमा पूर्वाधार विकास कार्यालयबाट खर्च भइरहेको छ । सडक कालोपत्रका लागि मात्रै विनियोजित यो बजेटको मुख्य काम नभएकै कारण उपलब्धिविहीन हुने देखिएको कार्यालयले जनाएको छ । 

पूर्वाधार विकास कार्यालय पर्वतका सूचना अधिकारी गौरवदास बैरागीले अरु सबै काम तीब्र रुपमै भए पनि कालोपत्र मात्रै रोकिएको बताउनुभयो । “कालोपत्र गर्न भारतवाटै मान्छे ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले त्यसैले रोकिनुप¥यो ।” “कालोपत्रेको काम नेपाली मजदूरहरूले गर्दैनन्”, उहाँले भन्नुभयो, “सीप भएका भारतीय कामदार नहुँदा काम रोकिएको हो ।” सबै काम सकिएका सडक कालोपत्र गर्न नपाउँदा वर्षाको बाढीले धेरै क्षति पुगेको उहाँको भनाइ छ । कोरोना सङ्क्रमण जोखिम बढिरहेको भए पनि सुरक्षित तवरले मजदूर ल्याएर काम गर्न अवरोध नगरेको कार्यालयले जनाएको छ । 

पूर्वाधार विकास कार्यालयका डिभिजन प्रमुख कृष्ण आचार्यले यस विषयमा धेरैतिर समन्वय भइरहेको जानकारी दिनुभयो । “यहाँका स्थानीय प्रशासन र भारतका सम्बन्धित पालिकासँग विवरण मागेर कामदार ल्याउन सम्बन्धित व्यवसायीलाई आग्रह गरिसकेका छौं”, उहाँले भन्नुभयो, “आउने कामदारको पीसीआर परीक्षण गरेर कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखेपछि काम अघि बढाउन धेरैजसो व्यवसायी सहमत छन् ।” अघिल्लो आर्थिक वर्षमा सकिने सबैजसो योजनाको कम्तिमा ६ महिना म्याद थप गरिएको डिभिजन प्रमुख आचार्यको भनाइ छ । 

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पनि कालोपत्रको लागि तयारी अवस्थामा छ । लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालका अनुसार कामदार अभाव हुँदा आयोजनाको काम अलपत्र बनेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै