२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हजार घरमा बत्ती बाल्ने तयारी

२०७७, २६ भाद्र शुक्रबार ०८:२४

भदौ २६, तनहुँ | तनहुँको घिरिङ गाउँपालिकाको करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ ।

गाउँपालिका–१ का पुट्टार, अत्रौली, बैदी, भन्टार, कटहरे र हात्तीडाँडा, २ का गजरकोट, काठेकोट, ४ को जिताकोट, गड्यौलीटारको हजार घरमा विद्युतीकरण बाँकी रहेको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो । विद्युतीकरण अन्तर्गत कतै खम्बा गाडिएको र कतै तार विस्तारको काम भइरहेको छ । “दशैं अगाडि नै बत्ती बाल्न सकिन्छ कि भनेर काम तीव्र पारेका छौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाको रु ६१ लाखको बजेटबाट सो काम भइरहेको छ ।

गाउँपालिका–४ नयाँटार, गड्यौलीटार, जिताकोट, भाटडाँडा, लोहडाँडा र गलकोटमा मिटर बक्स ल्याउने तयारी गरिएको छ । अत्रौली, कटहरे र भन्टारमा पनि विद्युतीकरणको काम भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्ज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछि करिब एक हजार ४०० घरमा बत्ती बालिसकिएको उहाँले जानकारी दिनुभयो ।  विद्युतीकरणका लागि गत वर्ष रु एक करोड विनियोजन गरिएको थियो भने यस वर्ष कोभिड–१९ का कारण रु १५ लाख विनियोजन गरिएको छ । “तर विद्युतीकरणका लागि पैसा अपुग भयो भने भइपरी खर्चबाट भए पनि मिलाउँछौँ”, उहाँले भन्नुभयो । सो कार्यमा तनहुँ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणले सहयोग गरेको छन् ।  

बत्ती बल्न बाँकी घरमा आगामी असोज– कात्तिकभित्रै बत्ती बल्ने बताइएको छ । “आवश्यक ट्रान्सफर्मर ल्याइसकेका छौं, खम्बा गाड्ने, तार तान्नेलगायतका काम चलिरहेको छ”, उहाँले भन्नुभयो । 

उक्त गाउँपालिका–२ माहोरकोटमा पहिलो पटक बत्ती बलेको छ । उक्त ठाउँका ५९ घरमा बत्ती बलेको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पुट्टार र बैदीका केही भागमा समेत विद्युतीकरण सम्पन्न भएको छ । 

पुट्टारका तारा खनालले धेरै वर्षको प्रतीक्षापछि बल्ल बिजुली बलेको बताउनुभयो । पुट्टारमा दुई चरणमा गरेर घरघरमा बिजुली पुगेको छ । साविक गजरकोट वडा नं ४ मा पाँच महिना अगाडि र अर्को ठाउँमा १५–२० दिन अगाडि बत्ती बलेको छ । “बिजुलीको सुविधा नहुँदा सोलारको प्रयोग गर्दै आएका थियौँ, अब त बिजुली नै बाल्न थालिसकेको छांै”, खनालले भन्नुभयो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ