पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २८, पर्वत । अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरा खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक माथिबाट पहिरा खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका सवारी साधनहरु मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट उक्त जिल्लाका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् ।

सडक पन्छाएर खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । ठूलो मात्रामा ढुङ्गा र लेदो बगेर आएका कारण सडक खुलाउन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । सो स्थानमा गत साउनमा पनि ठूलो पहिरा र ढुङ्गा खस्दा सडक एकतर्फि मात्रै सञ्चालन हुँदै आएको थियो । रासस