Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

२०७७, ३ आश्विन शनिबार ०४:०४

असोज ३, स्यांग्जा | बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ ।

नगरपालिकाले गत आव २०७६/७७ मा लक्ष्यको नजिकै अर्थात् ९३.५७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले विभिन्न आयका शीर्षकबाट चार करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा रु चार करोड २१ लाख राजश्व सङ्कलन भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“ बन्दाबन्दीमा पनि वालिङमा लक्ष्यको नजिक/नजिक पुग्ने गरी राजश्व सङ्कलन भएको छ” नगरप्रमुख खाँणले भन्नुभयो । नगरपालिकाले आव २०७६/७७ मा सबैभन्दा बढी घरजग्गाको रजिष्ट्रेशनबाट रु. ८९ लाख ५९ हजार १५५ राजश्व सङ्कलन गरेको छ । उक्त शीर्षकबाट नगरपालिकाले रु एक करोड २० लाख राजश्व सङ्कलन गर्ने अनुमान गरेको थियो । नगरपालिकाले सिफारिस दस्तुरबाट रु ५३ लाख ५८ हजार ७९५, एकीकृत सम्पत्ति करबाट रु ४९ लाख १५ हजार ७९५, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु ४२ लाख ८७ हजार ४९४, नक्सापास दस्तुरबाट रु ३२ लाख ४९ हजार ६४५, घरबहाल करबाट रु ३० लाख ६६ हजार ४५३, अन्य प्रशासनिक सेवा शुल्क (सरसफाइ) बाट रु १९ लाख ७४ हजार ४७०, अन्य सेवा शुल्क तथा बिक्री (ढुंगा, गिटी, बालुवा) को राजश्व बाँडफाँड भई प्राप्त भएको रु १८ लाख ५३ हजार ८२० सङकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

नगरपालिकाले आव २०७५/७६ मा चार करोड १२ लाख ५५ हजार ७८७ राजश्व सङ्कलन गरेको थियो । उक्त आवमा घरजग्गाको रजिष्ट्रेशनबाट रु. एक करोड १० लाख ७१ हजार ६४३, सिफारिस दस्तुरबाट रु ६२ लाख ७९ हजार ३४७, एकिकृत सम्पत्ति करबाट रु ५३ लाख ८० हजार ८३, नक्सापास दस्तुरबाट रु ४३ लाख ५६ हजार घर बहालबाट रु ३४ लाख ९२ हजार २३४ र अन्य दस्तुरबाट रु ३० लाख २२ हजार राजश्व सङ्कलन भएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै