2026-09-13 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गल्याङको समग्र विकासका लागि गुरुयोजना बनाइने

असोज ५, स्याङ्जा । गल्याङ नगरपालिकाले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउने भएको छ ।  विकासका सम्भावना भएको क्षेत्रको पहिचान गरी नगरवासीलाई उत्पादनसँग जोड्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजित  अन्तक्र्रिया  कार्यक्रममा नगरप्रमुख भूपराज अधिकारीले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउन लागेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “आफ्नो भूगोल र माटो सुहाउँदो काम नगरेसम्म आर्थिक विकास र समृद्धि हासिल गर्न सकिदैन्, त्यसैले यहाँको भौगोलिक अवस्था अनुसार जडीबुटी र कृषिमा विशेष ध्यान दिएर काम गरिरहेको छु ।” “जडीबुटीको पकेट क्षेत्र निर्माण गर्दै सामुदायिक वनमासमेत जडीबुटी खेतीको विस्तार गर्छौ, यसले धेरैलाई रोजगारी लिनुका साथै त्यतिकै खेर गएका वनपाखोको जग्गासमेत सदुपयोग हुने र आयआर्जनमासमेत टेवा पुग्नेछ”, उहाँले भन्नुभयो । 

आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जा प्रमुख चिकित्सक सुभद्रा कार्कीले व्यक्तिको जीवनशैलीका कारण विभिन्न रोगसँग जुँधिरहनुपरेको भन्दै जीवनशैली सुधार्नुपर्नेमा जोड दिनुभयो । 

डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख तोयानाथ पौडेलले वनको संरक्षण र उचित प्रयोग गरेर जीवनलाई सार्थक बनाउन सकिने बताउँदै वन जङ्गल र हावापानीलाई स्वस्थ्य राख्नु सबैको साझा दायित्व हो भन्नुभयो ।  

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले पकेटक्षेत्रको रुपमा खेती विस्तार गर्नुपर्ने उल्लेख गर्दै वास्तविक किसानले मात्र अनुदान पाउने परिपाटीको विकास हुनुपर्नेमा जोड दिनुभयो ।  

गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जडीबुटी खेती, पशुपालन र कृषिलाई जोडेर स्थानीय आर्थिक विकास (एलइडी)मार्फत वृहत पञ्चवर्षीय योजना बनाउने काम भइरहेको छ भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले