2026-09-13 11:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

च्याङ्ग्रा लिन हिमालपारि

असोज २७, बागलुङ । दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का च्याङ्ग्रा लिएर आजै बागलुङ आइपुग्नुभएको छ । “१८ गते गएको बल्ल आज आइपुगियो”, क्षत्रीले भन्नुभयो । जोमसोमदेखि दुई दिनको बाटोमा पर्ने चमर भन्ने ठाउँमा पुगेर च्याङ्ग्रा ल्याएको उहाँको भनाइ छ ।

क्षत्री र लक्ष्मण मिलेर १४५ च्याङ्ग्रा जिल्लामा भित्राउनुभएको छ । च्याङ्ग्रा लिन यहाँका २० भन्दा बढी व्यापारी मुस्ताङ पुगेको क्षत्रीले बताउनुभयो । लामो बाटोमा कठिन यात्रा तय गरेर व्यापारीले च्याङ्ग्रा ल्याउँछन् । यसपालि च्याङ्ग्रा कम आएको र भाउ पनि महँगिएको छ । कोभिड–१९ कारण तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ ल्याएका छैनन् । स्थानीय च्याङ्ग्रा मात्र बजारमा आएको छ । मुस्ताङमा पालिने च्याङ्ग्राले माग नधान्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गथ्र्यो ।

“दशैँका बेला ३५/४० हजारसम्म च्याङ्ग्रा मुस्ताङबाट बाहिरिन्थ्यो, अहिले ८/१० हजार मात्र आउँदैछ”, क्षत्रीले भन्नुभयो । उहाँका अनुसार च्याङ्ग्राको भाउ पनि झण्डै पाँच हजारले बढेको छ । रोज्जा च्याङ्ग्राको मूल्य ३४ देखि ३५ हजारसम्म पुगेको छ ।

गत वर्ष रु २९ हजारमा बिक्री भएको थियो । मासु प्रतिकिलो रु १४ सय पुगेको थियो । खरिदमै मूल्य बढी परेको व्यापारीको भनाइ छ । किसानको गोठबाट रु २७ हजार ५०० मा च्याङ्ग्रा उठाएको क्षत्रीले बताउनुभयो । च्याङ्ग्रा कम हुनु, बढ्दो करजस्ता कारणले पनि च्याङ्ग्रा महगिँदै गएको छ । व्यापारीको आउजाउमा पनि बढी खर्च हुन्छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ । 

तीन वर्षमा १० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको अर्का व्यापारी महेन्द्र केसीले बताउनुभयो । केसीले पनि पाँच वर्षदेखि च्याङ्ग्राको कारोवार गर्दै आउनुभएको छ । महँगो परेपनि दशैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ । केसीको मासु पसलसमेत छ । 

च्याङ्ग्राको व्यापारबाट पहिलेपहिले जस्तो कमाइ हुन छाडेको व्यापारी बताउँछन् । एउटा च्याङ्ग्रामा एक÷दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । बागलुङमा बर्सेनि झण्डै दुई हजार च्याङ्ग्रा भित्रिन्छ । यो वर्ष भने त्यो सङ्ख्या घट्ने भएको छ ।

हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । उपभोक्ताले दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौँसम्म पुर्याइन्छ । 

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले व्यापारीले उपभोक्ताको माग पूरा गर्न दुःख–सुख गरेर दशैँमा च्याङ्ग्रा ल्याउने गरेको बताउनुभयो । “हिमाली जिल्ला पुगेर ल्याउनुपर्छ, खर्च बढी हुन्छ”, उहाँले भन्नुभयो, “महँगो त छ, फेरि व्यापारीले पनि अलिअलि नाफा निकाल्नुपर्यो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले