2026-09-13 11:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महङ्गो भएपछि च्याङ्ग्राको व्यापार घट्यो

कार्त्तिक ४, गलकोट। हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् ।

दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन । रु ९५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै दुई गुणा पर्न जाने मासु व्यवसायी कृष्ण खड्काले बताउनुभयो । मुस्ताङबाट हिँडेको च्याङ्ग्रा व्यापारीहरुले बागलुङ बजारमा ल्याएका छन् । कोरोनाका कारण तिब्बतबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि मुस्ताङमा मात्रै उत्पादित च्याङ्ग्राले बजारको माग धान्नै धौधौ परेको छ ।

मूल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्ग्राको व्यापार घट्दै गएको बागलुङबाट मुस्ताङ गएर पाँच वर्षदेखि च्याङ्ग्रा ल्याउँदै आएका अम्मरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “यसपालि च्याङ्ग्रा कम छन्, गत वर्ष १०० भन्दा बढी च्याङ्ग्रा ल्याउँथे, यसपालि मुस्ताङमै महङ्गो मूल्य तिरेर जम्मा ७५ च्याङ्ग्रा ल्याएको छु”, उहाँले भन्नुभयो,  “भाउ सुन्दै ग्राहक डराउन थालेपछि चार दिनमा बल्ल १२ वटा च्याङ्ग्रा बेच्न सफल भएँ, यिनै च्याङ्ग्रा बेच्न पनि मुस्किल होलाजस्तो भयो ।” उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानीय भेडा, खसी तथा बोका खोज्न थालेका छन् । एउटा च्याङ्ग्रा खरिद गर्ने रकमले दुई÷तीनवटा खसी आउने भएपछि यसको विकल्प खोज्न थालेका हुन् । 

एघार दिनको पैदलयात्राबाट बागलुङमा च्याङ्ग्रा भित्र्याउनुभएका क्षेत्रीसहित बागलुङ तित्याङका लक्ष्मण खड्काले ७५ र म्याग्दीका पुरन सुवेदीले १५० च्याङ्ग्रा ल्याउनुभएको हो । च्याङ्ग्रा व्यापारी लक्ष्मण खड्काले पोहोरको तुलनामा एउटा च्याङ्ग्राको भाउ झण्डै रु छ हजारले बढेको हुँदा यसपालि च्याङ्ग्राको व्यापार घटेको बताउनुभयो । अहिले बागलुङ बजारमा एउटा च्याङ्ग्राको मूल्य रु ३५ हजारभन्दा माथि छ । प्रतिकिलो च्याङ्ग्राको मासुको मूल्य रु एक हजार ८०० पर्ने गरेको अर्का च्याङ्ग्रा व्यापारी पुरन सुवेदीले जानकारी दिनुभयो । 

च्याङ्ग्रा कम आयात भएका कारण मूल्य बढेपछि च्याङ्ग्रा बिक्री गर्न धौधौ भएको च्याङ्ग्रा व्यापारी क्षेत्रीको भनाइ छ । किसानको गोठबाटै च्याङ्ग्रा ल्याएर बिक्री गर्दासमेत पहिलाको जस्तो कमाइ हुन नसकेको व्यापारीको गुनासो छ । “कोही बिरामी परेर मर्छन्, कोही हराउने सम्भावना पनि हुन्छ”, व्यापारी लक्ष्मण खड्काले भन्नुभयो, “हिँडाइ र चराइ नमिल्दा च्याङ्ग्राको तौलसमेत घट्दै जाने भएकाले अहिले व्यापारसँगै नाफासमेत घटेको छ ।”

यो वर्ष बागलुङमा जम्मा एक हजार च्याङ्ग्रा भित्रिएको अनुमान छ ।  हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको च्याङ्ग्रा चाडपर्वमा खाने चलन छ । स्वादिष्ट र स्वस्थकर मासुका लागि यो दशैँमा रु ३५ हजारमा च्याङ्ग्रा खरिद गरेको बागलुङ बजारका उपभोक्ता यामबहादुर क्षेत्रीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले