2026-09-13 11:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विहादी गाउँपालिकामा पहिलो कालोपत्रे सडकको सांसद गिरीद्धारा शुभारम्भ

जिल्लाको विहादी गाउँपालिका वडा न २ बरौचौरका खहरे खोला देखि रानीपानीको पोखरेचौर हुँदै वहाकी जोड्ने सडकमा कालोपत्रेको काम शुरु भएको छ । एक कार्यक्रमका वीच प्रतिनिधि सभाका सांसद पदम गिरीले उक्त सडक खण्डमा कालोपत्रे कार्यको शुरुवात गरेका छन् ।

विहादी गाउँपालिका वडा न २ वडा कार्यालयको आयोजनामा भएको कालोपत्रे कार्यको शुरुवात गर्दै सांसद गिरीले जिल्लाको दक्षिणी क्षेत्र क्रमशः सम्बृद्ध बन्दै गएको बताए । विकटको वस्ती मानेर तराई झर्ने र बजार जानेहरु अव गाउँ फर्कन आग्रह गर्दै उनले आभारभूत सवै सुविधाहरु गाउँमा पुराउने कार्यमा आफू र वर्तमान सरकार लागि परेको उनले बताए ।

कालोपत्रे सडक, औद्योगिक ग्राम, विद्यालयको पुर्ननिर्माण र पालिका स्तरीय अस्पताल निर्माणको काममा विहादी गाउँपालिमा देखिने गरी काम भइरहेको सांसद गिरीको भनाई छ । उनले एक घर एक धारा र सिंचाई कार्यक्रमलाई संगसंगै लगिएको समेत बताए ।

कोरोना संक्रमणका कारण गत बर्ष र चालु बर्षमा अपेक्षाकृत विकास आयोजनाहरु सम्पन्न नहुने भन्दै सरकारको क्षमताले सकेसम्म विकास आयोजनाहरु कार्यान्वयन गरिने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कालोपत्रेको काम शुरुवात गरेको सडकले पैयूको हुवास हुँदै स्याङजा जिल्लाको सिमाना चिासापानीसम्म पुग्छ । प्रदेश सरकारले चिसापानी देखि हुवास हु्ँदै वहाकीसम्म कालोपत्रेको लागि काम गरीरहेको छ । वहाकी देखि रानीपानी हूँदै बर्राचौरको खहरेखोला सडक खण्डको काम भने संघीय सरकार मार्फत भइरहेको छ । यस खण्डमा भने प्रत्येक बर्ष संघीय सरकारले बजेट विनियोजन गर्दै आइरहेको छ । हालसम्म ३ करोड रकम विनियाजन भएको यस सडक खण्डमा गत बर्ष मात्रै १ करोड २६ लाख लागत स्टिमेटमा ठेक्का सम्झौता भएको थियो ।

यस बर्ष सडकमा कालोपत्रेको शुरुवात गरिएको र आगामी बर्ष सडकको सवै खण्ड पुरा हुने गरी बजेटको ब्यवस्थापन गरिने सांसद गिरीले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमल भु्षालले संघ, प्रदेश र स्थानीय तहका साझेदारीमा विहादी गाउँपालिका भित्रमा देखिने गरी विकास आयोजनाहरुको शुरुवात भएको दावी गरे ।

उनले केहि बर्षमा नै विहादीमा भौतिक पूर्वाधारका कामहरुले काँचुली फर्ने दावी गरे । जनताका आधारभुत आवश्यकताहरु पुरा गर्न स्थानीय सरकार सधै तयार रहेको अध्यक्ष भुषालको भनाई थियो । उनले केहि बर्ष अघिसम्म निकै विकट मानिने विहादी क्षेत्र अव भने विकास र पर्यटकीय हिसावले निकै अघि बढेको समेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कमिटि सदस्य गोविन्द्र प्रसाद पाध्या, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द पौडेल लगाएतले विकास आयोजनाका सम्बन्धमा मन्तब्य राखेका थिए । कार्यक्रममा विहादी क्षेत्रमा विभिन्न आयोजनाहरु भित्राउन संघ र प्रदेश सरकारसंग समन्वय गरेका सांसद गिरीलाई वडाअध्यक्ष ओमप्रसाद कुँवरले धन्यवाद दिएका थिए ।

उनले सडक, अस्पताल, विद्यालय भवन, खेल मैदान, खानेपानी आयोजना र सामूदायिक भवनमा सघीय सांसदले सहयोग गर्दै आएको बताउँदै पर्यटकीय क्षेत्र निर्माणका लागि पिस पार्क, सितल गुफा र अन्य आयोजनाहरुमा पनि सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रमको स्वागत रामप्रसाद पराजुली र सञ्चालन कमला पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले