२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ढाकामा भविष्य खोज्दै

२०७७, २४ कार्तिक सोमबार ०४:३६

कात्तिक २४, बागलुङ । इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उहाँले नेपाल फर्कने निर्णय लिनुभयो । नौ वर्ष प्रवासमा बिताएर घर्तीमगर घर फर्कनुभयो ।

यहाँ आएपछि थाइराइड फेरि बल्झियो । काठमाडौँको ह्याम्स अस्पतालमा पुनः शल्यक्रिया भयो । स्वास्थ्यले साथ नदिएपछि ४० वर्षीय घर्तीमगरले वैदेशिक रोजगारीबाट हात धुनुपर्यो । अढाइ वर्षअघि नेपाल फर्कनुभएकी उहाँले त्यसयता विदेशको मोहसमेत त्याग्नुभयो ।

थाइराइड निको भएपछि उहाँमा सीप सिकेर गाउँमै उद्यम गर्ने सोच पलायो । तमानखोला गाउँपालिका–३ की घर्तीमगरसहित छिमेकका महिला मिलेर ढाका बुनाइको तालिम लिने योजना बनाए । त्यसको अगुवाइ उहाँले नै गर्नुभयो । घरेलु तथा साना उद्योग कार्यालय बागलुङको सहयोगमा सङ्गम म्याग्दीले तालिम दियो ।

पन्ध्र दिनको तालिमबाट तमान गाउँका २० महिलाले ढाकाको कपडा बुन्ने सीप सिके । “सीप जानेपछि आयआर्जनमा लाग्नुपर्छ भनेर गत वर्षदेखि कपडा बुन्न थालेका हौँ”, घर्तीमगरले भन्नुभयो, “यसलाई ढाका कपडा उद्योगकै रूपमा चलाउने योजना छ ।” 

अहिले ११ वटा तान राखेर महिलाहरुले ढाका बुनिरहेका छन् । कल्याण आमा समूहको भवनमा छिर्दा लहरै तानमा महिलाहरु सीप चलाइरहेका देखिन्छन् । कोही तयार भएका कपडा मिलाइरहेका भेटिन्छन्, कोही एकार्कालाई सघाउँदै । 

ढाका बुन्ने सबै महिला सोही आमा समूहमा आबद्ध छन् । बीस जनाले तालिम लिए पनि १४ जनाले मात्र ढाका बुनाइलाई पेशाको रूपमा अँगालेको समूहका अध्यक्ष तनिमा घर्तीमगरले बताउनुभयो । “गाउँका दिदीबहिनीहरु स्वरोजगार बन्न खोज्दै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “वडा, गाउँपालिकाजस्ता निकायले पनि सघाउनुपर्छ ।”

उद्यमी नीलमाया घर्तीमगरले ढाका बुन्नका लागि तानलगायत उपकरण खरिद र व्यवस्थापनमा व्यक्तिगत लगानी परेको सुनाउनुभयो । “एक जनाको रु ५० हजारजति खर्च भएको छ, अहिलेसम्म कतैबाट पनि सहयोग आएको छैन”, उहाँले भन्नुभयो । ढाकाबाट सल, झोला, टोपी, खादा, इस्टकोटलगायतका कपडा तयार हुने गरेको नीलमायाले बताउनुभयो । 

अहिले उत्पादन भइरहेका कपडा गाउँमै खपत भएको उद्यमी बताउँछन् । ढाकाको कपडा बुन्न समय र मेहनत धेरै लाग्ने भएकाले सोहीअनुसार बजारको सुनिश्चितता गर्नु चुनौतीपूर्ण छ । एउट सलको न्यूनतम रु ७०० देखि दुई हजार ५०० सम्म भाउ तोकिएको छ । कपडाको आकार र डिजाइनअनुसार भाउ तलमाथि हुन्छ ।

कोभिड–१९ का कारण कपडाको बिक्रीमा असर पुगेको उद्यमी जुनुमायाले बताउनुभयो । ढाका बुन्न चाहिने ऊनीको धागो समयमै ल्याउन पनि समस्या भइरहेको छ । कहिले काठमाडौँ त कहिले बुर्तिबाङ बजारबाट धागो आउँछ । उद्यम शुरु गरेको भर्खर एक वर्ष भएकाले नाफाको लेखाजोखा गर्न महिलाहरुले भ्याइसकेका छैनन् ।

तालिमलगायतका व्यवस्थापकीय खर्च भने उठेको जुनुमायाको भनाइ छ । “उत्पादन बढ्दै जाँदा बजार पनि व्यवस्थापन भयो भने राम्रो कमाइ हुन्छ”, उहाँले भन्नुभयो, “घरधन्दा भ्याएर फुर्सदको समय यसमा लगाउन पाउँदा हामी खुसी छौँ ।” शुरुको उत्पादन गाउँबाटै बिक्री भए पनि पछिलाई बजार चाहिने जुनुमायाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले गत वर्ष समूहको भवनमा लगानी भएको बताउँदै यो वर्ष उद्यम विकासमा महिलाहरुलाई यथोचित सहयोग गरिने बताउनुभयो । “ढाकाको बिक्री कक्ष निर्माण हुन्छ या अरु नै माध्यमबाट भए पनि बजार व्यवस्थापनमा हामी सघाउँछौँ”, उहाँले भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ