२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलगाउँवासीको गाडी चढ्ने रहर अधुरै

२०७७, २ मंसिर मंगलवार ०४:०२

मङ्सिर २, म्याग्दी | जलजला गाउँपालिका–१ मलगाउँका समबहादुर तिलिजाको आँगन सडकमै जोडिए पनि काम विशेषले कतै जानुपर्दा ३० मिनेट पैदल हिँडेर बाँसखर्क पुगेपछि मात्रै गाडी चढ्न पाउनुहुन्छ । “सवारी साधन आवश्यक पर्दा महङ्गो भाडा तिरेर रिजर्भ गर्नुपर्ने अथवा हिँडेर बाँसखर्क पुग्नुपर्ने बाध्यता छ”, सडक निर्माण समितिका अध्यक्षसमेत रहनुभएका तिलिजाले भन्नुभयो, “ऋणमा खनेको बाटोमा गाडी पनि चलेको छैन । ऋण तिर्न पनि सकिएन । दोहोरो मर्कामा परेका छौं ।”

मलगाउँका बासिन्दाले १० वर्षअघि ट्र्याक खोलेको बाँसखर्क–लोप्रे हँुदै नागी जोड्ने सडकमा यातायातका साधन सञ्चालन नहुँदा यातायात सुविधाबाट वञ्चित भएका हुन् । बेनीबाट मल्लाज, बाँसखर्क, मलगाउँ, लोप्रे हुँदै नागी जोड्ने छोटो दूरीको यो सडक स्तरोन्नति र मर्मतसम्भारको अभावमा स्थानीयवासी यातायात सुविधाबाट वञ्चित भएका हुन् ।

बाँसखर्कबाट मलगाउँ पुग्न रु एक हजार ८०० देखि रु दुई हजार तिरेर जिप रिजर्भ गर्नुपर्ने समस्या छ । बाँसखर्कसम्म भने नियमित जिप चल्छन् । मलगाउँमा ३२ र छिमेकी चिनाखेतगाउँमा १३ घरधुरीको बसोबास छ । लोप्रे हुँदै नागी आवतजावत गर्ने गाडीले मलगाउँको सडक प्रयोग गरेमा स्थानीयवासीलाई सहज हुने थियो ।

मलगाउँ र लोप्रेको बीचको जङ्गलका केही ठाउँमा सुधार र मर्मत गरेमा सडकमा गाडी चलाउन सकिने तिलिजाले बताउनुभयो । विसं २०६६ मा बाँसखर्कको देउरालीबाट शुरु भएको छ किलोमिटर दूरीको लोप्रे जोड्ने सडकको ट्र्याक खोल्ने काम २०६८ मा सकिएको थियो । 

तत्कालीन बाँसखर्क गाविसको रु चार लाख, संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको सांसद विकास कोषको रु १६ लाख र जिविसबाट रु सात लाख सहयोग आएको थियो । सडक बनाउन लागेको ऋण तिर्न उपभोक्ताले प्रतिघर रु २५ हजारका दरले नगद सङ्कलन गरेका थिए । सामुदायिक संस्था र व्यक्तिबाट ऋण लिएर सडक खनेका थिए । बेनीबाट मल्लाज र शालिजा हुँदै लेकफाँटको फलामेडाँडा जोड्ने सडक करिब ३५ किलोमिटर दूरीको छ । मल्लाज–बाँसखर्क–मलगाउँ–लोप्रे हुँदै फलामेडाँडा जोड्ने सडक करिब १४ किलोमिटर छोटो भएको उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।

कच्ची अवस्थामा रहेको सडक साँघुरो, ग्रेड र घुम्ती तथा मोड सुधार गर्न आवश्यक छ । स्तरोन्नन्ति गरेर गाडी चल्ने बनाउनका लागि चालु आर्थिक वर्षमा जलजला गाउँपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै