2026-09-13 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रासस समाचार प्रभाव : गलेश्वरको सडक र पुलका ठेकेदार काममा फर्किए

मङ्सिर ८, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वरस्थित सडक र मोटरेबल पुलका ठेकेदार करिब एक वर्षपछि काममा फर्किएका छन् । 

सकिनुपर्ने समयमा आधा पनि काम नभएको पुल र सडक अलपत्र परेको विषयमा कात्तिक अन्तिम हप्ता राष्ट्रिय समाचार समिति (रासस) मार्फत समाचार प्रकाशन प्रसारण भएको थियो । सहायक ठेकेदारले अधकल्चो बनाएर छोडेको सडक र पुल निर्माणलाई पूर्णता दिन मुख्य ठेकेदारले काम थालेका हुन् । 

गजुरमुखी निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले पुल निर्माण र सडक कालोपत्रे गर्न मजदुर परिचालनसँगै उपकरण र निर्माण सामग्री जुटाउन थालेको बताउनुभयो । “गलेश्वरसहित बेनी–जोमसोम सडकमा अहिले ८० मजदुर ल्याइसकेको र थप ३०० मजदुर ल्याउँदै छौँ”, उहाँले भन्नुभयो, “आगामी चैत महिनाभित्र पुल र सडक निर्माण गरिसक्छौँ ।”

गलेश्वरको पुल बनाउन कालिका–गजुरमुखी र सडक निर्माणका लागि गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएका थिए । सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सञ्चालक सचिन क्षेत्री मजदुर र आपूर्तिकर्तालाई भुक्तानी नगरी सम्पर्कविहीन बनेपछि एक वर्षदेखि काम हुन सकेको थिएन । 

प्रिस्टेड प्रविधिको ४० मिटर लामो र ११ मिटर चौडाइ भएको राहुघाटको मोटरेबल बनाउन रु छ करोड २४ लाख तीन हजार ८२५ मा २०७४ असारमा भएको ठेक्का सम्झौताको म्याद २०७६ चैत २६ गतेसम्म थियो । रु चार करोड ८५ लाख दुई हजार ५८ मा एक किलोमिटर १०० मिटर सडक कालोपत्रे गर्न २०७५ असोज २५ गते भएको ठेक्का सम्झौताको म्याद २०७७ असोज २४ गते सकिएको छ । 

मोटरेबल पुलको दुईतर्फ पिलर उठाउने र सडक फराकिलो बनाएर पर्खाल लगाउने काम मात्र सकिएको छ । दुवै योजनाको भौतिक प्रगति ५० प्रतिशतको हाराहारीमा छ । पुलको पिलरलाई पूर्णता दिएर ढलान गर्न तथा सडकमा नाली, टेवा पर्खाल, ग्राभेल र कालोपत्रे गर्ने तयारी गरिएको गजुरमुखीका प्रोजेक्ट म्यानेजर न्यौपानेले बताउनुभयो । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर आशिष मर्हजनले कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएका कामलाई पुनः गति दिन निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किन थालेका बताउनुभयो । लक्ष्यअनुसार काम भए चालु आर्थिक वर्षभित्र ७६ किलोमिटर दूरीको बेनी जोमसोम सडक कालोपत्रे सम्पन्न हुने इञ्जिनीयर मर्हजनको भनाइ छ । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अधुरा र अलपत्र आयोजना निर्माणलाई गति दिन सम्बद्ध कार्यालय तथा निर्माण व्यवसायीलाई ताकेता गरिएको बताउनुभयो । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानमा पनि पहल गरिएको प्रजिअ अधिकारीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन