2026-09-13 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङका गाउँपिच्छे सडक तर छैनन् पुल

रामबहादुर थापा । मङ्सिर १२, बागलुङ । वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् । पुल नहुँदा चालक र यात्रुलाई सास्ती छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि १५ किमि दूरीमा रहेको नर्जा पुग्न छ ठाउँमा खोला तर्नुपर्छ । वडा नं ३ को तमान गाउँ र २ को बोङ्खानी जाँदा पनि दुई÷दुई पटक खोला भेटिन्छ । तमान, बोङ्गा र नर्जाखोला छेउछाउ भएर गएका सडकले सिङ्गो गाउँपालिकालाई यातायातको सञ्जालमा जोडेका छन् ।

सडक विस्तार तीव्र भएपनि बाह्रैमास यातायात सहज छैन । त्यसो हुनुको एउटै कारण हो खोलामा पुल नहुनु । वर्षायाममा त गाउँपालिका जोड्ने बुर्तिबाङ–बोङ्गादोभान सडक पनि रोकिन्छ । मध्यपहाडी लोकमार्गदेखि उक्त सडकको दूरी जम्मा दश किमि छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण जिम्मा लिएको उक्त खण्डका दुई पुल अझै निर्माणाधीन अवस्थामा छन् । ढोरपाटन नगरपालिका–४ को हुन्द्राफेदी र तमानखोला–२ को भालिबाङमा पुल बनेपछि बोङ्गादोभानसम्मको यातायात सहज बन्ने छ ।

ती पुल आउँदो वर्षायामसम्म बनाइसक्ने प्राधिकरणको लक्ष्य छ । समयमा पुल नबने तमानखोलावासीको सास्ती फेरि दोहोरिने पक्का छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले पुल निर्माणमा ढिलाइ हुन नहुने बताउनुभयो । 

“ती दुई पुल बन्दा गाउँपालिका केन्द्रसम्म बाह्रैमास यातायात चल्छ”, उहाँले भन्नुभयो, “अहिले खोला घटेकाले हिम पाइप राखेर त्यहीमाथिबाट सवारी चल्ने बनाएका छौँ ।” प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का इञ्जिनीयर हरिशचन्द्र बडुले तोकिएको समयसीमामै पुल बन्ने बताउनुभयो ।

उहाँका अनुसार हुन्द्राफेदीमा बनिरहेको लुकुरवन खोला पुलको काम ५० प्रतिशत सकिएको छ । आउँदो चैतभित्रै उक्त पुल सञ्चालनमा आउने छ । रु तीन करोड ६६ लाखको लागतमा निर्माण कम्पनी कर्ण–प्रदीप–जुम्लीले पुल बनाइरहेको छ । अघिल्लो मङ्सिरदेखि उक्त पुलको काम शुरु भएको थियो ।

यस्तै भालिबाङ खोला पुल पनि आउँदो असारभित्रै सक्ने गरी निर्माण कम्पनी नयाँबाटो–सूर्योदय–जिएस–जुम्लीले जिम्मा लिएको छ । रु चार करोड ४२ लाख लागत रहेको उक्त पुलको काम पनि धमाधम भइरहेको इञ्जिनीयर बडुले बताउनुभयो । गत असोजदेखि निर्माण थालिएको पुलको सम्झौता अवधि जम्मा ९ महिना छ ।

“आउँदो वर्षायामअगावै दुवै पुल सञ्चालनमा आउँछन्, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार नै काम गरिरहेका छन्”, इञ्जिनीयर बडुले भन्नुभयो । बुर्तिबाङ–बोङ्गादोभान सडकस्तरीकरणको काम पनि प्राधिकरणले नै गरेको हो । सडक राम्रो भएपछि अहिले पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि आधा घण्टामै तमानखोला पुग्न सकिन्छ ।

अध्यक्ष बुढाले गाउँपालिकाका अन्य ठाउँमा पनि पुल निर्माणका लागि प्रदेश र सङ्घ सरकारसँग माग गरिएको बताउनुभयो । धेरै ठाउँमा पुल बनाउनुपर्ने भएकाले गाउँपालिकाको स्रोतले मात्र नधान्ने उहाँको भनाइ छ । सडकलगायत पूर्वाधार विकासमा गति लिइरहेको तमानखोलामा पुलको खाँचो छ । “पुल बनेर बाह्रैमास यातायात चल्ने अवस्था आएमा स्थानीयवासीको दैनिकी थप सहज बन्छ”, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन