२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब

२०७७, ४ माघ आईतवार १२:०२

माघ ४, काठमाडौँ । लगाातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । आजको वृद्धिपछि नेप्से नयाँ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २८.४६ विन्दुले वृद्धि भई नेप्से दुई हजार ३१५ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.१७  विन्दुले वृद्धि भई ४४३.४२ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ । कूल २०८ कम्पनीको एक करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर रु छ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ मूल्यमा खरीदबिक्री भए । आजको वृद्धिसँगै बजार पूँजीकरण रु ३१ खर्ब १८ अर्ब २९ करोड ५४ लाख बराबर पुगेको छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयर ओरालो लागेको छ । कूल ११ उपसमूहको शेयर उकालो लाग्दा व्यापार, जीवन बीमा र लघुवित्त उपसमूहमा भने उल्लेख्य वृद्धि देखिएको छ । जलविद्युत् ७.२ ले ओरालो लाग्दा बैंकिङ १.०१, व्यापार २३२.९७, होटेल १६.८७, विकास बैंक ११०.०१, वित्त २५.०१, निर्जीवन बीमा ७८.०५, उत्पादन ४९.८२, अन्य ६०.७६, लघुवित्त ११५.५५, जीवन बीमा २२१.०१ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ । 

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड १० लाख १२ हजार ६६ बराबरको कारोबार भयो । यस्तै एनआइसी एसिया बैंक रु २२ करोड ९० लाख २४ हजार ८७९, सिभिल बैंक रु २० करोड ९९ लाख सात हजार ६९६, नेपाल पुनर्बीमा कम्पनी रु १८ करोड ६९ लाख ९७ हजार ८६८, नेको इन्सुरेन्स कम्पनी रु १७ करोड १० लाख पाँच हजार ३७३, नेपाल बङ्गलादेश बैंक रु १५ करोड ८४ लाख ९३ हजार ६१४, प्रभु बैंक रु १५ करोड ६५ लाख ६१ हजार ७५८, नेपाल लाइफ इन्सुरेन्स रु १४ करोड ९० लाख ९३ हजार ८५१ र एभरेष्ट बैंक रु १२ करोड ४२ लाख सात हजार ७८१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । 

कारोबार भएकामध्ये कूल ११८ कम्पनीको शेयरमा वृद्धि भएको छ भने ५२ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै पाँच कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन । कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, गुराँस लघुवित्त ९.९८, नारायणी डेभलपमेन्ट बैंक ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९७, सामुदायिक लघुवित्त ९.९७, प्रभु लाइफ इन्सुरेन्स ९.९६, किसान लघुवित्त ९.९५, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९३, आरम्भ चौतारी लघुवित्त ९.९२ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए । 

यसैगरी युनाइटेड फाइनान्स ५.७१, मिर्मिरे लघुवित्त ३.११, नेपाल एसबिआई बैंक २.७९, रसुवागढी हाइड्रोपावर २.५८, साञ्जेन जलविद्युत् कम्पनी २.०६, शिवश्री हाइड्रोपावर २, एनआइसी एसिया ऋणपत्र १.९६, सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.८६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट