२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३३ खर्ब ३२ अर्ब

२०७७, २० माघ मंगलवार १०:२४

माघ २०, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको बजार वृद्धिपछि नेप्सेले दुई हजार ५०० बराबरको बिन्दुको यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ६५.४९ अङ्कले सुधार आई नेप्से दुई हजार ४७३.७३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १४.१० अङ्कले वृद्धि भई ४५१.३८ मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोवार रकमसमेत वृद्धि भएको छ । कूल २०० कम्पनीको एक करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर रु आठ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ मूल्यमा खरिद बिक्री भए । 

आजको सुधारपछि कूल बजार पूँजीकरण पनि रु ३३ खर्बमाथि पुगेको छ । नेप्सेका अनुसार आजको कूल बजार पूँजीकरण रु ३३ खर्ब ३२ अर्ब ४१ लाख ७० हजार बराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर उकालो लाग्दा एक उपसमूहको मात्रै शेयर मूल्य ओरालो लाग्यो । होटल ६२.०८ ले घट्दा बैंकिङ ३३.७१, व्यापार ३३, विकास बैंक २८.३८, जलविद्युत् ३३.९४, वित्त १.४४, निर्जीवन बीमा ६२६.२, उत्पादन ६१.२९, अन्य ८०.०२, लघुवित्त १५२.१२, जीवन बीमा ५९४.२४ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेको छ । 

कारोवार भएका कूल कम्पनीको शेयरमध्ये आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड ५६ लाख ९८ हजार ५१८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै, ग्लोबल आइएमई बैंक रु ५३ करोड ६३ लाख ४८ हजार ९०९, नेपाल दूरसञ्चार कम्पनी रु ३८ करोड ४३ लाख ४५ हजार १५०, शिखर इन्स्योरेन्स रु ३४ करोड ढ१ लाख ७८ लाख ३३८, नेशनल लाइफ इन्स्योरेन्स रु २६ करोड चार लाख २१ हजार १८, नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोड ८७ लाख ७२ हजार ३३९, नेको इन्स्योरेन्स रु २२ करोड २४ लाख ४६ हजार ४२२, एनआइसी एशिया बैंक रु १६ करोड ५६ लाख २३ हजार ९९६, नोपल इन्स्योरेन्स रु १४ करोड १९ लाख ५६ हजार ७४२ र एनएलजी इन्स्योरेन्सको रु १३ करोड ६० लाख ८५ हजार ८६९ बराबरको कारोवार भई शीर्ष १० मा रहेका छन् । 

कारोवारका आधारमा आज प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै, जनउत्थान सामुदायिक लघुवित्त ९.९८, सर्पोट माइक्रो फाइनान्स ९.९८, गुराँस लघुवित्त ९.९५, अजोड इन्स्योरेन्स ९.९०, रिलायान्स लाइफ ९.९०, सानिमा जनरल इन्स्योरेन्स ९.८७, जनरल इन्स्योरेन्स ९.८६ र माउण्टेन इनर्जीका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाए । यस्तै, ओरण्टल होटल ४.१५, सोल्टी होटल २.७०, श्री इन्भेस्टमेन्ट फाइनान्स २.६२, तारागाँउ रिजेन्सी होटल २.४५, सेञ्चुरी बैंक २.३७, नारायणी डेभलपमेन्ट बैंक २.३६, वेस्ट फाइनान्स २.३५ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले २.३४ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली