2026-08-26 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गलकोटमा फोहरलाई मोहर बनाउने अभियान

फागुन १४, बागलुङ  | फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि थालेको छ ।

कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनः प्रयोगका लागि नगरपालिकाले काम थालेको हो । गलकोटमा फोहर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरेर नगरको फोहर व्यवस्थापन गरिने छ । नकुहिने फोहरका लागि नगरले ‘रिसाइकल’ मेसिन खरिद गरेको छ । विशेषगरेर प्लाष्टिकजन्य फोहरलाई पुनः प्रयोगका लागि योग्य बनाउन मेसिन राख्न थालिएको हो ।

नगरले खरिद गरेका पाँच रिसाइकल मेसिनको सफल परीक्षण भएपछि नगरले तत्काल फोहरको प्रशोधन थाल्ने नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा रु २२ लाख लगानी गरी रिसाइकल केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माण गरेको थियो । चालु आवमा रु १० लाख खर्चेर पाँचवटा मेसिन खरिद गरी सञ्चालनको तयारी गरेको गैरेले बताउनुभयो ।

“प्लाष्टिकजन्य फोहरले दीर्घकालीनरूपमा पार्ने असर कम गर्नु हाम्रो दायित्व हो”, गैरेले भन्नुभयो, “फोहर व्यवस्थापनका लागि हुने खर्च फोहरबाटै आम्दानी हुने गरी काम थालेका छौँ ।” नगरपालिकाले मासिक रु २० हजार भाडा तिर्ने गरी वडा नं ९ मसुरबारीमा जग्गा भाडामा लिएर संरचना निर्माण गरेको छ । तत्काल बजार क्षेत्रबाट बढी मात्रामा निस्कने प्लाष्टिकजन्य फोहरलाई सङ्कलन गरी कच्चा सामग्री बनाउने गरी व्यवस्थापन गरिएको गैरेले बताउनुभयो । नगरपालिकाले फोहर व्यवस्थापन गर्न विभिन्न ऐन तथा कार्यविधिसमेत निर्माण गरिसकेको गैरेको भनाइ छ ।

वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार चालु आवमा मेसिन खरिद, विद्युत् लाइन विस्तार तथा जडान गरी करिब रु १० लाख बराबरको काम भएको छ । उहाँले केही दिनमा फोहर सङ्कलन केन्द्रको औपचारिकरूपमा उद्घाटन गरी सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । वडाभरिको फोहर सङ्कलनका लागि ट्र्याक्टरको व्यवस्था नगरले गरेको छ । फोहर उत्सर्जन गर्नेलाई ग्राहक कार्ड दिएर मासिक रु ५० देखि ४०० सम्म सेवाशुल्क लिन पाउने कानूनी व्यवस्था नगरले गरेको छ ।

“रिसाइकल भएको प्लाष्टिक बेच्ने ठाउँको खोजी भइरहेको छ”, गैरेले भन्नुभयो, “तत्काल धेरै उत्पादन हुँदैन तर हामी १५ वर्षपछिसम्म सोचेर काम गरिरहेका छौँ ।” धवलागिरिमै पहिलोपटक फोहर रिसाइकल गर्ने प्रविधिलाई आत्मसात गर्न लागेको गलकोट नगरपालिकाले क्रमिकरूपमा प्लाष्टिकसँगै रबरलगायतका फोहरजन्य वस्तुलाई रिसाइकल गर्ने योजना बनाएको छ ।

नगरपालिकाले सफा तथा सुन्दर नगर निर्माण तथा फोहर सङ्कलन तथा प्रशोधन गरी फोहरलाई मोहरमा बदल्न गलकोट फोहर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरी सरकारी–निजी साझेदारीमा सञ्चालन गर्न लागेको हो । करिब रु ४० लाख लागतमा स्थानीयवासीलाई रोजगारी दिने तथा फोहर सामग्री प्रशोधन गरी आम्दानीको स्रोत बनाउने योजनाअनुसार सङ्कलन तथा प्रशोधन केन्द्र व्यवस्थापनको काम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग