Skip to content
Friday, July 17, 2026 Nepali Online Media

धौलागिरिका पचास सहकारी खारेज

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २७, बागलुङ । पछिल्लो दश वर्षको अवधिमा धौलागिरि अञ्चलका ५० सहकारी खारेजीमा परेका छन् ।

खारेज हुने सहकारीमा २५ वटा बागलुङका छन् । कारोबार नगरी निस्क्रिय रहेका सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक दिलबहादुर केसीले जानकारी दिनुभयो । सहकारी ऐन २०४८ मा कारोबार नगर्ने, वित्तीय विवरण डिभिजन कार्यालयमा नबुझाउने, लेखा परीक्षण नगर्ने सहकारी खारेज हुने व्यवस्था छ ।

यस्तै पवर्तका १८ सहकारी, म्याग्दीका ६ र मुस्ताङको एउटा सहकारी खारेज भएको छ । दुई वर्षभन्दा बढी सयमदेखि निस्क्रिय रहेका सहकारीलाई खारेज गर्ने प्रावधान छ । खारेज भएका अधिकांश सहकारी चार/पाँच वर्षदेखि निक्रिय अवस्थामा थिए ।

डिभिजन सहकारी कार्यालयको तथ्याङ्क अनुसार बर्सेनि पाँचदेखि सात वटासम्म सहकारी खारेजीमा पर्ने गरेका छन् । एकीकरण कार्यविधि २०७० को प्रावधानमा टेकेर धौलागिरि अञ्चलमा १२ वटा सहकारी एकीकरण भएका डिभिजन सहकारी कार्यालयले जनाएको छ । हाल बागलुङमा ४६१, पर्वतमा ३३१, म्याग्दीमा २१३ र मुस्ताङमा ३८ सहकारी दर्ता छन् । रासस